दार्जीलिङ पहाड़को सामाजिक, आर्थिक, शैक्षिक र वौद्धिक विकासबारे संगोष्ठी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 30, 2018

दार्जीलिङ पहाड़को सामाजिक, आर्थिक, शैक्षिक र वौद्धिक विकासबारे संगोष्ठी

गफसफ.com, खर्साङ, 30 दिसम्बर।
दार्जीलिङ पहाडको सामाजिक, आर्थिक, शैक्षिक र वौद्धिक विकासबारे संगोष्ठी सम्पन्न भएको छ। तीनधारेको 20 माइलस्थित स्मृति बनमा संगोष्ठी समन्वय समिति तीनधारे महानदी समष्टीको आयोजनामा सम्पन्न संगोष्ठीमा जीटीए उपाध्यक्ष अनित थापा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने कार्यक्रमलाई खरसाङका विधायक डा. रोहित शर्माले अध्यक्षता गरेका थिए।

तीनधारे महानदी समष्टीको 9 वटा खण्ड समितिबाट विद्यार्थीवर्ग र अभिभावकहरू लगायत साहित्य, सामाजिक, शैक्षिक क्षेत्रका मानिसहरू उपस्थित थिए। संगोष्ठीमा वर्तमान शैक्षिक व्यवस्था र कसरी शिक्षाको विकास गर्न सकिन्छ भन्ने विषयमा डा. विवस सेवाले वार्ता राखेका थिए। यसैक्रममा शैक्षिक र वौद्धिक विषयमा खरसाङ कलेजको प्राचार्य डा.समीर बल अनि तीनधारे क्षेत्रमा ग्रामीण पर्यटन व्यवसायबाट कसरी आर्थिक उन्नति गर्न सकिन्छ भन्ने विषयमा ओसन लेप्चाले वार्ता राखेका थिए।
कार्यक्रममा तीनधारे महानदी समष्टीको समाजमा विभिन्न क्षेत्रमा योगदान दिने  विशिष्ट व्यक्तिहरूलाई सम्वर्द्धना पनि जनाइएको थियो भने ग्राम कल्याण समिति नयाँ कमानका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा मुख्य अतिथिका रूपमा उपस्थित जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले हाम्राहरूले वुद्धिको कम प्रयोगको कारणनै पछाडिनुको मुख्य कारण रहेको बताए। यसका साथै उनले बेरोजगारी एउटा मुख्य समस्या रहेको पनि बताए। यसक्रममा उनले पहाडको प्राथमिक शिक्षाको विकास गर्नका निम्ति पहाडका नेता अनि अधिकारीवर्गले आफ्ना नानीहरूलाई सरकारी विद्यालयमा पढाउनुपर्ने पनि बताएका छन्।
उनले सम्बोधनको क्रममा अहिलेसम्म बुद्धि कम अनि मन बेसी प्रयोग गरेको कारण पछाडी परेको उल्लेख गर्दै अब गोर्खाल्याण्ड भन्दै नेता परिवर्तन गर्नु र अन्धाधुन्धा नबुझी नकुदने सुझाव राख्दै टुङ्गोमा कसले र कसरी लान्छ त्यो बुझेर मात्रै पछि लाग्ने आह्वान् पनि गरे।  यसक्रममा उनले नेताले भनेको सबै कुरो सही हुँदैन भन्दै अब नाला झोड़ाको काम गर्नु मात्र होइन तर सामाजिक सुधारका कार्यहरू गर्नु पर्ने पनि बताएका छन्।
उनले मानिसहरू चुनाव आउने समयमा 3-4 महिना सक्रिय हुने गरेको तर 4 वर्ष 8 महिना सक्रिय भएर धेरै कामहरू गरे चुनावको बेला घर घरमा गएर भोट मागिरहनु नपर्ने पनि बताएका छन्। यसक्रममा उनले सङ्गोष्ठिको आयोजनाले धेरैलाई लाभ पुग्ने बताउँदै यस्ता कार्यहरूलाई निरन्तरता पनि सुझाव राखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad