मुम्बईमा शङ्करमान थापाले पुरा गरे गत वर्षको सपना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 10, 2018

मुम्बईमा शङ्करमान थापाले पुरा गरे गत वर्षको सपना


गफसफ.com, मुम्बई ,10 दिसम्बर।
भारतीय सेनामा सेवारत शङ्करमान थापाले यहाँको प्रसिद्ध वसई-विरार मेयर्स म्याराथनअन्तर्गत पुरुषहरूको अर्द्ध म्याराथनमा पहिलो स्थान ओगटेका छन्। हिजो आइतबार सम्पन्न उक्त म्याराथनको समयमा सधैँभन्दा निक्कै चिसो बढ़ेको थियो जसको फाइदा तेज धावकहरूलाई पुगेको बताइन्छ।

यसै दौड़ प्रतियोगिताको पूर्ण म्याराथनमा भने पोहोरकै विजेता करण सिँहले आफ्नो पहिलो स्थान यसपालि पनि सुरक्षित राखेका छन्। उल्लेखनीय छ, इन्डियाबुल्स होम लोन बसाई-बिरार म्याराथन नामले प्रख्यात यस दौड़मा गत वर्ष थापाले तेस्रो स्थान ओगटेर कास्य पदक प्राप्त गरेका थिए भने यसपालि यसै दौड़लाई उनले 1 घन्टा पाँच मिनट 48 सेकेन्डमा पुरा गरेर यो खिताप हत्याएका छन्। यसरी नै यस दौड़मा दुर्गा बहादुर सिँह अनि गोविन्द सिँहले दोस्रो र तेस्रो स्थान ओगटेका छन्।
यसरी नै पूर्ण म्याराथन पनि भारतीय सेनाकै जवान करण सिँहले जितेका छन् जसले हिजो सम्पन्न यस प्रतियोगिताको पूर्ण दूरी तय गर्न केवल 2 घन्टा 22 मिनट 17 सेकेन्डको समय लिए। न्यु भिभा कलेज, बिरारबाट झन्डोत्तोलन गरी सुरू गरिएको यस दौड़को लगभग 25 किलोमिटरको दूरीसम्म करण सिँह चौथो स्थानमा थिए तर उनले अन्तिम क्षणमा आफ्नो रणनीतिमा परिवर्तन गरेर त्यतिखेर सबैभन्दा अघि दौड़िरहेका लालजी यादवलाई सहजै पछाड़िदिएर पहिलो स्थान ओगट्न सक्षम बनेका थिए। विजेता बनेपछि करण सिँहलाई रुपियाँ दुइ लाख पचास हजारको नगद राशीद्वारा सम्मानित गरिएको थियो।
धावकहरूको मनोबल र उत्साह बढ़ाउनका लागि यस दिन कार्यक्रम स्थलमा बलिउडका कलाकारहरू स्वप्निल जोशी, मनोज जोशी, सुदेश बेरी आदिको उपस्थिति देखिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad