नेपाली चलचित्रको ‘आप्पा’-को पोस्टर रिलिज - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 10, 2018

नेपाली चलचित्रको ‘आप्पा’-को पोस्टर रिलिज

गफसफ.com, काठमाडौँ, 10 दिसम्बर 2018
कालेबुङबाट बनिएको ठूलो पर्दाको नेपाली चलचित्र ‘आप्पा’को पोस्टर रिलिज भएको छ। माउन्टेन स्टोरिज प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘आप्पा’ को पहिलो पोस्टर आज रिलिज गरिएको हो। पोस्टरसँगै आगामी 7 जुन 2019 का दिन फिल्म रिलिजको घोषणा गरिएको छ। काठमाडौँको राइजिङ मलमा एक पत्रकार सम्मेलन आयोजना गरेर पोस्टर रिलिज सँगै फिल्म रिलिजको तारिक घोषणा गरिएको हो।

निर्देशक अनमोल गुरुङकै पटकथा तथा लेखन रहेको चलचित्र आप्पा को मुख्य भूमिकाको रूपमा दयाहाङ राई रहेका छन्। यसका साथै तुलसी घिमिरे, अरुणा कार्कीले पनि चलचित्रमा महत्वपूर्ण भूमीकामा देखिएका छन्। पोस्टरमा दयाहाङ राईसँगै फिल्मका नायक सिद्धान्त तामाङ अनि नायिका अलोना काबोलाई पनि देखिएको छ।
युवा निर्देशक अन्मोल गुरुङले चलचित्रमा चर्चित कलाकार दयाहाङ राई, अरूणा कार्की, तुलसी घिमिरेसँगै नायकका रूपमा भने नयाँ अनुहारलाई प्रवेश गराएका छन्। सिद्धान्त तामाङ अनि अलोना काबोलाई चलचित्रको नायक अनि नायिकाको रूपमा निर्देशक गुरुङले डेब्यु गराएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad