गोरामुमो छेपारोले रङ्ग फेरे जस्तै मुद्दा फेरिरहने दल हो – छिरिङ दाहाल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 10, 2018

गोरामुमो छेपारोले रङ्ग फेरे जस्तै मुद्दा फेरिरहने दल हो – छिरिङ दाहाल

गफसफ.com, दार्जीलिङ 10 दिसम्बर।
‘एकातिर जीटीए गैरकानूनी व्यवस्था हो भन्दै हाइ कोर्टमा मुद्दा दर्ता गर्छन् भने अर्कोतिर खाली पोस्टमा गोल गर्न दिँदैनौं भन्दै जीटीएको चुनाउमा जाने कुरा पनि गर्छन्। यसरी दुईमुखे कुरा गरेर गोरामुमोले पहाड़को जनतालाई दिग्भ्रमित पारिरहेका छन्’ उक्त कुरा गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्ष छिरिङ दाहालले भनेकी हुन्।

उनले एक प्रेस्स बिज्ञप्ती जारी गरेर गोरामुमो पार्टीले जनताको आँखामा धुलो हाल्ने कार्य गरिरहेको आरोप लगाएकी छन्। ‘आफ्नो वयानमा तटस्थ रहन नसक्ने गोरामुमोले कि त उनीहरूले कलकत्ता हाइ कोर्टमा लगाएको मुद्दा झूटो हो कि त उनीहरू जीटीएको चौकी ताकिरहेका छन्। कतै न कतैबाट पहाड़को जनताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् भन्ने उनीहरूको दुईमुखे कुराले नै प्रमाणित गर्छ’ दाहालले भनेकी छन्।
उनले जीटीए चुनाउको कुनै सरकारी अध्यादेश अहिलेसम्म जारी नगरिएको अनि सरकारपक्षबाट यसबारे कुनै बयान नै सार्वजनिक नभएको बताउँदै यता जीटीएको चुनाउ लड़्ने हतार गोरामुमोलाई नै रहेको आरोप लगाएकी छन्। ‘यदि जीटीए अवैध व्यवस्था हो भने किन उनीहरूको जीटीए चुनाउमा प्रतिद्वन्दिता गर्ने मन बनाइरहेका छन् ?’ दाहालले गोरामुमोलाई प्रश्न तेर्साएकी छन्।
‘पहाड़मा गोरामुमो एकमात्र यस्तो दल हो जसको कुनै ठोस मुद्दा नै छैन। घरि दागोपाप, घरि छैटौं अनुसूचि घरि गोर्खाल्याण्ड यसरी छेपाराले रङ्ग फेरेको जस्तो मुद्दा फेर्ने दल हो गोरामुमो। यस्ता दलले पहाड़को भविष्य सुनिश्चित पार्न कदापि सक्दैन भन्ने कुरा 21 वर्षे दागोपाप कालमै स्पष्ट प्रमाणित भइसकेको छ’ छिरिङ दाहालले अझ भनेकी छन् –‘यस्तै भाका फेराईको कारण नै 2007 मा  पहाड़को 99 प्रतिशत जनताले रिजेक्ट गरेको गोरामुमोले आफैलाई अहिले पहाड़को शक्तिशाली राजनैतिक दल भन्नु पनि हास्याँत्मक बयानमात्रै हो। गोरामुमोले कुनै पनि चुनाउमा प्रतिद्वन्दिता गरे पनि उनीहरूको यो दिवास्वप्न हामी चकनाचूर पारिदिनेछौं।’
उनले पहाड़मा थुप्रै राजनैतिक दलहरू छन् जसले जीटीए चुनाउमा सहभागिता जनाउन सक्छन् भन्दै तर गोरामुमो यदि वास्तवमै जीटीए अवैध हो भन्ने ठान्छन् भने किन चुनाउमा रूचि देखाइरहेका छन् त? भनि अझ प्रश्न गरेकी छन्।
‘गोर्खाल्याण्डको नाममा 12 सयभन्दा अधिक गोर्खाहरूको बलि चड़ाएर दागोपापमा फूल एण्ड फाइनल सेटलमेन्ट गर्ने गोरामुमो शिव हुन् कि भष्मासुर हुन् त्यो जनताले बुझिसकेको छ। तथापि यसर्थ गोरामुमो आफैलाई सही अनि इमान्दार नेतृत्व भनेर दावी गर्छन् भने पहिला जनतासामु आफ्नो मुद्दा अनि राजनैतिक रणनीतिमा इमान्दारिता देखाउन् भन्ने सुझाउ हामी दिँदछौ’ दाहालले भनेकी छन्।

1 comment:

  1. Horlicks boju Timi jastai party change garney hainow Paila Gnlf ma huda gjmm lai khairo ailay gnlf lai haha chepara tah Ko po ho janata lai pura thaha cha Timi haru jasto neta haru huda Paila Gnlf bigriyeako ho sali dalalni mp election aowna dew jawab ramro powxow

    ReplyDelete

Post Bottom Ad