राज्य सरकारद्वारा हायर एडुकेशन अनि पहाड़का महाविद्यालयहरूको पेन्सन स्याङ्सन अथोरिटी जीटीएलाई प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 21, 2018

राज्य सरकारद्वारा हायर एडुकेशन अनि पहाड़का महाविद्यालयहरूको पेन्सन स्याङ्सन अथोरिटी जीटीएलाई प्रदान

गफसफ.com, दार्जीलिङ, 21 दिसम्बर।
दार्जीलिङ पहाडको उच्च शिक्षाको विकास अनि व्यवस्थापनको निम्ति जीटीए प्रतिवद्ध बनेर कार्य गरिरहेको विनय तामाङले दाबी गरेका छन्। उनले दार्जीलिङ गोर्खा पार्वत्य परिषदको समयदेखि लत्याइएको पहाड़को उच्च शिक्षा विभाग जीटीए गठन भए पश्चात् 2012 मा नै गाभिएको हो भन्दै त्यसए समयदेखि पहाड़का कूल 12 वटा महाविद्यालयहरूलाई पनि जीटीएमा पूर्णरूपले हस्तान्तरण गरिएको जानकारी गराएका छन्।

तथापि त्यसबेला जीटीएले उक्त विषयमा ध्यान नदिएको कारणले गर्दा उक्त महाविद्यालहरूबाट अवकाश ग्रहण गरेका प्राध्यपक एवं अशिक्षण कर्मचारीहरूको पेन्शन अड़्किएर बसेको उनले बताएका छन्। सोहि समस्या समाधानको निम्ति जीटीएको पक्षबाट बोर्ड अध्यक्ष विनय तामाङले राज्य सरकारसँग पहल गरेको कारण अहिलेघरी हायर एडुकेशन डिपार्टमेन्ट अनि पहाड़का महाविद्यालयहरूको पेन्सन स्याङ्सन अथोरिटी जीटीएलाई बनाइएको अध्यादेश जारी गरिएको तामाङले बताएका छन्।
‘हामीले लगाताररूपमा राज्य सरकारसित पत्राचार गरिरहेका थियौं। सोही अनुरूप राज्य सरकारको तर्फबाट उक्त समस्याको समाधान भएको छ। किनभने उक्त शिक्षण-अशिक्षण कर्मचारीहरूको पेन्सनहरूको निम्ति राज्य सरकारले जीटीएलाई नै स्याङ्सन अथोरिटी बनाएको छ’ विनय तामाङले अझ भनेका छन् –‘पश्चिम बंगालका राज्यपाल तर्फबाट आधिकारीक रूपमा हायर एडुकेशन डिपार्टमेन्ट अनि पहाड़का महाविद्यालयहरूको पेन्सन स्याङ्सन अथोरिटी जीटीएलाई बनाइएको अध्यादेश जारी गरिएको छ।’
य्सैक्रममा उनले गत 4 सेप्टेम्बरको दिन दार्जीलिङको रिचमण्ड हिलमा भएको रिभ्यू बैठकमा मुख्यमन्त्री ममता व्यानर्जीलाई जीटीएमा हायर एडुकेशन सेल नभएको कारणले गर्दा उच्च शिक्षासम्बन्धित शिक्षण-अशिक्षण कर्मचारीहरूको तनाखा निर्धारण, पेन्सन, प्रोभिडेण्ट फण्टलगायत विभिन्न विषयहरूमा समस्या भइरहेको उल्लेख गर्दै यथाशीघ्र हायर एडुकेशन सेल गठन गरिनुपर्ने तथा दार्जीलिङ पहाड़का विभिन्न महाविद्यालयका शिक्षण-अशिक्षण कर्मचारीहरूको लामो समयदेखि थाँतीमा रहेको पेन्सन पनि यथाशीघ्र प्रदान गरिनुपर्ने माग गरिएको पनि स्मरण गराएका छन्। सोही बैठकमा मुख्यमन्त्री ममता व्यानर्जीले राज्यका मुख्य सचिवलाई यस विषयमाथि ध्यान दिने निर्देश दिएको अनि सोही मुताविक राज्यपालद्वारा जीटीएलाई पाहडका 9 वटा गभर्मेन्ट एडेड कलेजहरूको पेन्सन स्याङ्सन अथोरिटी बनाइएको अध्यादेश जारी गरिएको जीटीए बोर्ड अध्यक्ष विनय तामाङले बताएका छन्।
‘अब महाविद्यालयका अवकाशप्राप्त शिक्षण-अशिक्षण कर्मचारीहरूले लामो समयदेखि भोगिरहेको उक्त समस्या समाधान भएर जानेछ। स्याङ्सन अथोरिटी भएको नाताले अबउसो उनीहरूको पेन्सनहरू जीटीएले नै नियमितरूपमा प्रदान गर्नेछ’ तामाङले भनेका छन्।

1 comment:

Post Bottom Ad