जीटीए चियरमेन्स गोल्डकपको फाइनलमा मोहम्मडन स्पोर्टिङ क्लबको भीडन्त इष्ट बङ्गालसँग हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 21, 2018

जीटीए चियरमेन्स गोल्डकपको फाइनलमा मोहम्मडन स्पोर्टिङ क्लबको भीडन्त इष्ट बङ्गालसँग हुने

गफसफ.com, कालेबुङ, 21 दिसम्बर।
जीटीए चियरमेन्स गोल्ड कप फुटबल खेलाको दोस्रो सेमिफाइलनलमा मोहम्मडन स्पोर्टिङ क्लबले ओएल इन्डिया फुटब क्लब आसमलाई 2-0 ले पराजित गरेर फाइलनमा प्रवेश गरेको छ। जसको भीडन्त आगमी 23 दिसम्बरको दिन कालेबुङको मेला ग्राउण्डमा इष्ट बेङ्गालसँग हुने भएको छ।

मेला ग्राउण्डमा सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलामा मोहम्मडन स्पोर्टिङ क्लब अनि  ओएल इन्डिया फुटब क्लबका खेलाडीवर्गले रोमाञ्चक खेल खेलेका थिए। सुरुदेखिनै आक्रमक रणनीतिको साथमा मैदानमा ओर्लिएको मोहम्मडन स्पोर्टिङ क्लबका खेलाडी प्रसन्जित चक्रवर्तीले गरेको सुन्दर पासलाई उचित सदुपयोग गर्दै पङ्कज मौलाले 16 औँ मिनटमा गोलमा परिणत गरेका थिए।

खेलको 16 औँ मिनटमा पहिलो गोल भएपनि दोस्रो गोलको निम्ति भने मोहम्मडन स्पोर्टिङ क्लबले 92 औँ मिनटसम्म पर्खनु परेको थियो। यस अवधी ओएल इन्डियाका खेलाडीवर्गले पनि अनेकौँ गोल गर्ने सुन्दर मौकाहरूलाई गोलमा परिणत गर्न सकेन। जसको कारण आखिरममा मोहम्मडन स्पोर्टिङ क्लब विरुद्ध ओएल इडिया फुटब क्लब 2-0 ले पराजित  भएको हो।
खेलको दोस्रो हाफमा पनि मोहम्मडन स्पोर्टिङ क्लबले विपक्षी दल ओएल इन्डिया पुटबल क्लबलमाथि दबाव बनाएर राखेको थियो। यद्यपी ओएल इन्डियाका खेलाडीवर्गले खेल अवधी गोल गर्ने पाएका सुन्दर मौकाहरूलई गोलमा परिणत गर्न सकेन।
दर्शकवर्गको उत्साहजनक उपस्थिति रहेको उक्त दोस्रो सेमीफाइनलमा ओएल इन्डियाले बराबरी गर्ने प्रयास गरिरहेको अवस्थामा खेलको अन्तिम अतिरिक्त समय (92औँ मिनट) मा मोहम्मडनका खेलाडी फिलिप अद्जाहले गोल गरेर टोलिको जित सुनिश्चित गरेका हुन्।
यसै अवधी मैदानमा दुवै दलका खेलाडीवर्गमाझ झमेला समेत सिर्जना भएको थियो। जसको कारण खेलको अन्तिम समयमा मैदानमा झमेला गर्ने मोहम्मडन स्पोर्टिङ क्लबका राजेश कर्माकर अनि ओएल इन्डियाका खेलाडी तुल्य दासलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो।
खेलको अन्तिम समयसम्ममा ओएल इन्डिया फुटबल क्लबका खेलाडीवर्गले कुनै गोल गर्न नसकेपछि जीटीए चियरमेन्स गोल्ड कपको फानलमा पुग्ने सपना पनि चकाचुर भएको छ। आजको खेलमा विपक्षी दलको गोल गर्ने सम्पूर्ण प्रयासहरूलाई फुर्तीको साथ विफल पार्ने मोहम्मडन स्पोर्टिङ क्लबका गोलकिपर लाल्टु मण्डललाई म्यान अफ् द म्याच चयनित गरिएको थियो भने उनलाई जीटीए अध्यक्ष विनय तामाङले ट्रफी सहित चेक प्रदान गरेका थिए।
यसक्रममा आगामी 23 दिसम्बरका दिन सम्पन्न हुने फाइनल खेलालाई लिएर सम्पूर्ण तयारी भइसकेको अनि भोलि पुन: एकचोटि अन्तिम वैठक सम्पन्न हुने विनय तामाङले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad