नेसास-को छैटौँ स्थापना दिवसमा पहिलो दान खालिङ साहित्य सम्मान शताब्दी पुरुष हायमानदास राई किरातलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 26, 2018

नेसास-को छैटौँ स्थापना दिवसमा पहिलो दान खालिङ साहित्य सम्मान शताब्दी पुरुष हायमानदास राई किरातलाई

गफसफ.com, सिलगडी, 24 दिसम्बर।
सिलगडी नेपाली साहित्य संस्थानको छैटौँ स्थापना दिवस समारोहमा पहिलो दान खालिन साहित्य सम्मान शताब्दी पुरुष हायमानदास राई किरातलाई प्रदान गरिएको छ। बुधबार सिलगडीको शिवमन्दिर स्थित न्यू रङ्गियामा आयोजित कार्यक्रममा उक्त पुरस्कार शताब्दी पुरुष किरातलाई प्रदान गरिएक हो। उनी अस्वस्थ्य रहेको कारण उक्त पुरस्कार उनका छोरो विजयकुमार राईले ग्रहण गरेका थिए भने उक्त पुरस्कार दान खालिङकी कान्छी बहिनी नाओमी खालिङको बाहुलीबाट प्रदान गरिएको थियो।

संस्थानको छैटौँ स्थापना दिवसको उपलक्ष्यमा ९१ औँ गिरी जयन्तीसँगै पहिलो दान खालिङ साहित्य सम्मान समारोह कार्यक्रम पालन गरिएको थियो। संस्थानका अध्यक्ष देवचन्द्र सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम तीनवटा चरणमा सम्पन्न भएको थियो।
पहिलो चरणमा संस्थानको स्थापना दिवस र गिरी जयन्ती पालन गरियो। संस्थानका सचिव भुपेन तामाङले संस्थानका संस्थापक स्व कुमार प्रधानलाई स्मरण गर्दै स्वागत भाषण र सचिवको प्रतिवेदन राखेका थिए। यसरी नै आदर्श सुन्दासले गिरीको कविता वाचन गरे भने डा एडोन रोंगोंगले अगमसिँह गिरीमाथि वार्ता प्रस्तुत गरेका थिए। यही चरणमा अतिथिहरूको बाहुलीबाट इन्द्रबहादुर राईसम्बन्धी वार्ताहरूको सङ्कलन इन्द्रायणको लोकार्पण पनि गरियो भने सम्पादक बासुदेव पुलामीले पुस्तक सम्बन्धी प्रकाश पारेका थिए।
दोस्रो चरणमा कविहरू ज्ञानेन्द्र यक्सो, बासुदेव पुलामी, सुमन वान्तवा र सुधीर छेत्रीले आफ्नो कविता सुनाए जसको पर्यवेक्षण वरिष्ठ समालोचक डा कविता लामाले गरेकी थिइन्।
तेस्रो चरणमा दान खालिङ् साहित्य सम्मान समारोह सम्पन्न भयो। बिर्ख खड्का डुवर्सेलीले खालिङ परिवारको पक्षमा दुई शब्द राखे भने ज्ञानेन्द्र खतिवाडाले दान खालिङको सम्झना गर्दै उनको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए।
संस्थानकी सदस्य निता प्रधानले दान खालिङ साहित्य सम्मानद्वारा विभूषित शताब्दी पुरुष हायमनदास राई किरातको परिचय राखेकी थिइन्। कृष्णमाया मङ्गरद्वारा सम्मान-पत्र पठन गरिएपछि दान खालिङकी कान्छी बहिनी नाओमी खालिङको बाहुलीबाट दान खालिङ साहित्य सम्मानस्वरूप रूपियाँ बीस हजार, अङ्ग-बस्त्र, सम्मान-पत्र र स्मृति-चिह्न प्रदान गरिएको थियो। अस्वस्थताका कारण श्रीमान् हायमानदास राई किरात कार्यक्रममा उपस्थित हुन नसके पनि उनको छोरो विजयकुमार राईले यो सम्मान ग्रहण गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad