कालेबुङको मन्सोङमा नातीले गरे बाजेको हत्या; सिक्किमका आरोपी युवक हत्यापछि फरार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 27, 2018

कालेबुङको मन्सोङमा नातीले गरे बाजेको हत्या; सिक्किमका आरोपी युवक हत्यापछि फरार

गफसफ.com, कालेबुङ 27 दिसम्बर।
कालेबुङ जिल्ला अधिनस्थ मन्सोङ सिन्कोना बगानमा नातीले बाजेको हत्या गरेको घट्ना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार मन्सोङ सिन्कोना बगानको 35 धुरामा साइनोले नाती पर्ने निमा तामाङ (22)ले बाजे सहदेव राई (56)को हत्या गरेर फरार भएका छन्।
उक्त घट्नापछि आरोपी निमा तामाङ फरार भएका छन् भने उनले हत्यापछि घरबाट पैसा रूपियाँ सँगै सुनचाँदी पनि चोरी गरेको थाह लागेको छ। उनी आफ्नै नानी नभए पनि टाडाको साइनोले नाती पर्ने हुन्। यता घट्नापछि पुलिसले आरोपी युवको खोजि गरोरहेको छ भने अहिलेसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन।
उक्त घट्नापछि मृतक सहदेव राईकी पत्नी कान्छीमाया राईले केहि दिन अघि मात्र आरोपी युव पाहुनाको रूपमा उनीहरूको घरमा आएका थिए। आज बिहान उनी आफ्ना पति अनि उक्त युवकलाई खाजा दिएर कमानको काममा गएकी थिइन्।
उनी कमानबाट लगभग 10 बजे घरमा आइपुग्दा घरमा लतपत खुनले भिजेको आफ्नै पतिको शव देखेपछि गाउँलेहरूलाई सूचित गरिएको थियो। त्यसबेला आरोपी युवक भने घरबाट फरार भइसकेका थिए। विहानसँगै घरमा दुईजनालाई छोडेर कमान गएकी कान्छीमाया राईले घरमा आइपुग्दा आफ्ना पतिको हत्या भएको अनि उक्त युवक नहुनुको कारणनै हत्या उक्त युवकले नै गरेको आरोप लगाएकी छन्। यसक्रममा उनले घरको दराज समेत तोडिएको अनि त्यहाँ राखेको पैसा लगायत सुन समेत चोरेर उक्त युवक फरार भएको आरोप लगाएकी छन्।
मृतक शहदेव राईकी पत्नी कान्छीमाया राईले आरोपी उक्त युवक गान्तोक डाँडागाउँ निवासी रहेको जानकारी दिँदै यसपल्ट 9 दिन अघि आएर बस्दै गरेको जानकारी पनि दिएकी छन्। उनी आफ्नो भेनाको नाती रहेको भन्दै आफुहरूको टाडाको साइनोले नाती पर्ने पनि बताएकी छन्।   

2 comments:

  1. Saala Kukur ko aulad junh thal MA khayo tyo thal MA hugchass... Bhetumm Matrai tohlai hishab garnu mailay jaanay ko.�� Beware hosh garlash.

    ReplyDelete

Post Bottom Ad