तीनजना विमल गुरुङ समर्थकहरू पक्राउ; न्यायालयले पठायो दुईदिनको पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 10, 2018

तीनजना विमल गुरुङ समर्थकहरू पक्राउ; न्यायालयले पठायो दुईदिनको पुलिस रिमाण्डमा

गफसफ.com, खरसाङ,10 दिसम्बर।
भूमिगत नेता विमल गुरुङका तीनजना समर्थकहरूलाई पुलिसले पक्राउ गरेको छ। उनीहरूलाई खर्साङ पुलिसले पक्राउ गरेको हो। जसमध्ये वर्तमान खर्साङ नगरपालिका वार्ड पार्षद शान्ति राई, पूर्व वार्ड पार्षद सोभा राई अनि विक्रम गुरुङ रहेका छन्।

पक्रा परेकाहरू भूमिगत नेता विमल गुरुङका कट्टर समर्थकहरू रहेको थाह लागेको छ। पक्राउ परेका तीनैजनालाई पुलिसले सोम्बार खर्साङ न्यायालयमा पेश गरेपछि दुईदिनको पुलिस रिमाण्डमा लिइएको छ। उनीहरूलाई पुलिसले पक्राउ पछि न्यायालयमा पेश गरेर तीनदिनको रिमाण्ड मागेको थियो। यसक्रममा न्यायालयले दुईदिनको पुलिस रिमाण्डमा पठाएको छ।
पक्रा परेकाहरू विरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 143, 341, 326,307(ए), 153(बी), 120(बी), लगायत आम्स एक्टको सेक्शन 25 र 27 अनुसार मुद्दा दर्ता गरेको छ। विशेष गरेर पुलिसले उनीहरूको अहिले विमल गुरुङसँग सम्पर्क रहेको तथ्यहरू सङ्ग्रह गर्न रिमाण्ड अवधी सोधपुछ गर्ने सम्भावना रहेको छ। यसका साथै अन्य महत्वपूर्ण सुरागहरू पत्तो लगाउन पनि पुलिसले उनीहरूलाई रिमाण्डमा लिएर सोधपुछ गर्ने कार्य गर्ने भएको हो।  

No comments:

Post a Comment

Post Bottom Ad