भाजपाको बिजय अभियान रोकियो; विनय तामाङले भने –‘चुनाव परिणाम एनडीए सरकारले गरिरहेको अन्यायको अन्तको शुरूआत हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 11, 2018

भाजपाको बिजय अभियान रोकियो; विनय तामाङले भने –‘चुनाव परिणाम एनडीए सरकारले गरिरहेको अन्यायको अन्तको शुरूआत हो’

गफसफ.com, दार्जीलिङ 11 दिसम्बर।
पाँचवटा राज्यको विधानसभा चुनावले भारतीय जनता पार्टीलाई ब्याकफुटमा पुर्याएको छ। देशको सम्पूर्ण राज्यहरूमा भाजपाको सरकार गठन हुँदै अघि बडीरहेको अवस्थामा लोकसभा पूर्ण पाँचवटा राज्यहरूले भाजपाको बिजयी अभियानमा बिराम लगाइदिएको छ। पाँच राज्यमा भाजपा पराजित बनेपछि गोजमुमो अध्यक्ष एवम् जीटीए अध्यक्ष विनय तामाङले बिजयी हासिल गर्ने कङ्ग्रेस पार्टी लगायत अन्यलाई बधाई दिएका छन्।

पाँचवटा राज्यहरू क्रमैले राजस्थान, छत्तीसगढ़, मध्यप्रदेश, तेलेङ्गना अनि मिजोरममा भएको विधानसभा चुनाउमा जीत हासिल गर्ने कंग्रेस पार्टीलगायत अन्य दलहरूलाई गोर्खा जनमुक्ति मोर्चा तथा दार्जीलिङ पहाड़ अनि तराई डुवर्सका मानिसहरूको पक्षमा म हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छुविनय तामाङले अझ भनेका छन् –‘उक्त जीत भारतवासीप्रति एनडीए सरकारले गरिरहेको अन्यायको अन्तको शुरूआत हो। देशका किसानहरूमाथि भइरहेको अन्याय अत्याचारमाथिको जीत हो। उक्त जीत साधारण जनतामाथि थोपिएको पीर-मर्का, अन्याय अत्याचार माथिको जीत हो।
यसका साथै तामाङले उक्त राज्यहरूमा एनडीए सरकारले धार्मिक, राजनैतिक, आर्थिक तथा थुप्रै क्षेत्रमा राष्ट्रवासीहरूप्रति गरिरहेको अन्याय- अत्याचारविरूद्धको जीत हो भनि बताएका छन्। आजको चुनावी फलाफलले राष्ट्रवासीले भाजपालाई रिजेक्ट गरिसकेको संकेत प्राप्त भएको छ भने आगामी 2019 को लोकसभा चुनाउपछि भारतीय जनता पार्टीको सम्पूर्ण तिकड़्मबाजीको अन्त भएर जानेछ भन्ने हामीलाई लागेको छतामाङले भनेका छन्।
चुनाव परिणाम पछि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै आगामी 2019 को लोकसभा चुनाउमा दार्जीलिङ पहाड़मा भारतीय जनता पार्टीलाई कुनै पनि अवस्थामा समर्थन नगर्ने अडान दोहोर्याीएका छन्। आगामी 2019 को लोकसभा चुनाउमा कुनै शर्तमा पनि भाजपालाई समर्थन गरिनेछैन भनेर हामीले बारम्बार भनिरहेका छौं र सोही अड़ान आज पनि म व्यक्त गर्न चाहन्छु। भाजपा एक झूटो आश्वासन दिने पार्टी हो। गोर्खाहरूको दीर्घकालीन समस्यालाई सहानुभूतिपूर्वक विचार गरिनेछ भनेर 2009 अनि 2014 दुवैपल्टको लोकसभामा भाजपाले चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो। यसैबमोजिम हामीले रिकर्डतोड़ भोटले 2009 मा जसवन्त सिहँ अनि 2014 सालमा एसएस आहलुवालियालाई जिताएका थियौ। तर केन्द्रमा एनडीएको कार्यकाल सकिन लागिसक्दा पनि  यस विषयमा एक शब्द पनि बोलेका छैनन्विनय तामाङले भने।

No comments:

Post a Comment

Post Bottom Ad