हाइकोर्टमा अल्झियो भारतीय जनता पार्टीको रथयात्रा; जनवरी महिनासम्म रथयात्रा नहुने सम्भावना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 21, 2018

हाइकोर्टमा अल्झियो भारतीय जनता पार्टीको रथयात्रा; जनवरी महिनासम्म रथयात्रा नहुने सम्भावना

गफसफ.com, कोलकोता, 21 दिसम्बर।
भारतीय जनता पार्टीको प्रस्तावित रथयात्रा कोलकोता उच्च न्यायालयको फसेलामा अड्केको छ। जसको कारण भारतीय जनता पार्टीले लोकसभा चुनाव अघि पश्चिम बङ्गालमा सत्ता परिवर्तनको हावा तताउने गरि राजनैतिक गतिविधी गर्न असुविधा सिर्जना भएको छ।
रथयात्रामा हिंसा हुने राज्य प्रशासनको शंका
राज्य प्रशासनले रथयात्राको कारण हिंसा फैलिने आशंका व्यक्त गर्दै भाजपालाई रथयात्राको अनुमति नदिएपछि भाजपा नेताहरू कोलकोता उच्च न्यायालयमा पुगेको थियो। सर्वप्रथम कोर्टको एकल खण्डपीठले रथयात्राको अनुमति रद्द गरेको थियो भने दोस्रोचोटी पुन: डिभिजनल बेञ्जले रथयात्राको अनुमति प्रदान गरेको थियो। त्यसभन्दा अघि राज्य प्रशासनसँग बसेर सबै तय गर्नुपर्ने निर्देश दिएको थियो।
पुन: राज्य प्रशासनले भाजपालाई रथयात्राको अनुमति नदिएपछी न्यालायको शरणमा भाजपा नेताहरू पुगेका थिए। त्यसपछि न्यायालयको एकल बेञ्जले रथयात्राको अनुमत दिएको थियो भने भाजपाले अनुमति पाउनसाथै बिजयको हुँङ्कारनै पिट्न थालेको थियो। यस्तो अवस्थामा पुन: डिभिजनले बेञ्जले एकल खण्डपीठको सुनवाईमा रोक लगाउँदै रथयात्राको अनुमति रद्द गरिदिएको छ। जसले गर्दा भाजपाको रथयात्रा अहिले न्यायालयको शरणमा अल्झेर बसेको छ।
हाइकोर्टको डिभिनन बेञ्चले लगायो रोक
कोलकोता उच्च न्यायालयको डिभिजनल बेञ्चले सिङ्गल बेञ्चको फसेलालाई खारेज गर्दै मामिलाको सुनवाईको निम्ति पुन: पठाएको छ। यता डिभिजनले बेञ्चले सुनवाईको निम्ति एकल बेञ्चमा पठाए पनि हाइकोर्ट जाडो महिनाको छुट्टी भएको छ। जसको कारण आगामी जनवरी महिनाको पहिलो सप्ताह मात्रै हाइकोर्ट खेलिने भएको छ। सोहिकारण भाजपाले आगामी जनवरी महिनाको पहिलो सप्ताहसम्म बङ्गालमा रथयात्रा गर्न नसक्ने निश्चित बनेको छ।
खुफिया रिपोर्टलाई ध्यान दिनुपर्ने खण्डपीठको आदेश
कोलकोता उच्च न्यायालयका मुख्य न्यायाधिश देवासिष कर गुप्त अनि न्यायाधिस सम्पा सरकारको खण्डपीठले सिङ्गल बेञ्चले सम्पूर्ण 36 खुफिया रिपोर्टलाई बिचार गर्नपर्नेथियो जुन रिपोर्ट पेश गरिएको थियो।
भाजपाको रथयात्रा रोक्ने सरकारको षडयन्त्र – भाजपा
यता भाजपाको वकिल एस.एस कपुरले भाजपाको रथयात्रालाई कुनै पनि प्रकारले राज्य सरकारले रोक्न चाहेको छ। यसको निम्ति सम्पूर्ण प्रशासनलाई काममा लगाएको छ। अन्यथा अक्टोबर महिनामा नै सबै प्रशासैक अधिकारीवर्गलाई चिट्ठी दिएको थियो अनि त्यसको कुनै जवाब समेत आएको थिएन।
राज्य सरकारले एकल पीठको आदेशलाई दियो चुनौति
पश्चिम बङ्गाल सरकारले भाजपाको रथ यात्रालाई अनुमति दिने कोलकोता उच्च न्यायालयको एकल पीठको आदेशलाई खण्डपीठमा चुनौति दिएको थियो। कोर्टले राज्य सरकारको अपिललाई स्वीकार गर्दै प्रतिवादी भाजपाली यसको प्रतिलिपी उपलब्ध गर्ने आदेश दिएको थियो जसको पछि सुनवाई सुरु हुने भनेको थियो।  
28 दिसम्बरको निकाल्नु थियो रथयात्रा
बङ्गालमा भाजपाको तीनवटा रथयात्रा निकाल्ने कार्यक्रम रहेको थियो। पहिलो रथयात्रा 28 दिसम्बरको कुचबिहारबाट, दोस्रो 29 दिसम्बरको बीरभुम अनि तेस्रो 31 दिसम्बर दक्षिण 24 परगनाबाट निकाल्ने भएको थियो। भाजपाले रथयात्राको नयाँ तारिकबारे हाइकोर्टलाई जानकारी दिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad