जीटीए चियरमेन्स गोल्ड कप ट्रफी अनावरण; सुन जडित ट्रफीको मूल्य 6 लाख भन्दा अधिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 22, 2018

जीटीए चियरमेन्स गोल्ड कप ट्रफी अनावरण; सुन जडित ट्रफीको मूल्य 6 लाख भन्दा अधिक

गफसफ.com, कालेबुङ, 22 दिसम्बर।
जीटीए चियरमेन्स गोल्ड कप फुटबल टुर्नामेन्टको ट्रफी फाइनल खेलाको एक दिन अघि सार्वजनिक गरिएको छ। कालेबुङको मेला ग्राउण्डमा आज जीटीए बोर्ड अध्यक्ष विनय तामाङको विशेष उपस्थितिमा कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानको बाहुलीबाट उक्त ट्रफीको अनावर गरिएको हो। यस अवसरमा जीटीए मुख्य सचिव सैयद अहमद बाबाको पनि उपस्थिति रहेको थियो।

6 लाख 21 हजार 4 सय रूपियाँको लागतमा निर्माण गरिएको उक्त ट्रफीको उँचाई 42 ईञ्च रहेको छ भने ट्रफीमा 112 ग्राम सुन जडित रहेको छ। उक्त ट्रफीको आज औपचारिक अनावरपछि सम्पूर्ण मानिसहरूका निम्ति परिदर्शन गर्न खुल्ला राखिएको थियो। यस अवसरमा मानिसहरूले उक्त ट्रफीको नजिकबाट परिदर्शन गरेका थिए।
यसै अवसरमा ट्रफी अनावरण पछी पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चियरमेन्स गोल्डकप फुटबल टुर्नामेन्टका सचिव निर्मल गुरुङले उक्त ट्रफी बिजयी दललाई प्रदान गरिने अनि पछिबाट उनीहरूले तीन महिना पछि सुरक्षित फिर्ता गर्नुपर्ने नियम रहेको बताएका छन्। बिजयी दललाई उक्त ट्रफी सँगै रेप्लिका पनि प्रदान गरिने उनले बताएका छन्। उनले उक्त ट्रफीको मध्यभागमा फुटबलको लोगोलाई सुनले बनाएको बताउँदै ट्रफीमा 112 ग्राम सुन जडित रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad