गिरी जयन्तीमा जीटीएद्वारा तीन स्रष्टाहरूलाई गिरी पुरस्कारसँगै शिवकुमार राई र अरूणा लामा स्मृति पुरस्कार प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 28, 2018

गिरी जयन्तीमा जीटीएद्वारा तीन स्रष्टाहरूलाई गिरी पुरस्कारसँगै शिवकुमार राई र अरूणा लामा स्मृति पुरस्कार प्रदान

गफसफ.com, खर्साङ, 28 दिसम्बर।
जीटीएको सूचना एवम् सांस्कृतिक विभागको आयोजनामा जातीय कवि अगमसिँग गिरीको 61 औँ जयन्ती पालन गरिएको छ। यसै अवसरमा तीनजना स्रष्टाहरूलाई डा. जस योञ्जन प्यासी-गिरी पुरस्कार, कृष्णसिंह मोक्तान -शिवकुमार राई स्मृती पुरस्कार अनि बिनोद स्याङ्देनलाई जीटीद्वारा गिरी पुरस्कार, शिवकुमार राई पुरस्कार अनि अरूणा लामा स्मृति पुरस्कार प्रदान गरिएको छ।
खर्साङको सन्त अल्फन्सेस स्कूलमा आयोजित कार्यक्रममाउक्त पुरस्कार प्रदान गरिएको हो। यस अवसरमा कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए बीओए अध्यक्ष बिनय तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा खरसाङका विधायक डा रोहित शर्मा उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा खर्साङ महकुमा शासक देवाशिष चट्टोपाध्दय, दार्जीलिङ नगरपालिका चेयरम्यान प्रतिभा राई तामाङ, खरसाङ नगरपालिका भाइस चेयरम्यान ब्रिगेन गुरूङ, शिक्षाविद शान्ती प्रधान आदिको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
अघिबाटै घोषणा गरिए अनुसात आज अगमसिँह गिरी जयन्तीको अवसरमा यसपालीको गिरी पुरस्कार वरिष्ठ साहित्यकार डा.जस योञ्जन प्यासीलाई, शिवकुमार राई स्मृति पुरस्कार वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तान र अरूणा लामा स्मृति पुरस्कार वरिष्ठ गायक- संगीतकार बिनोद स्याङ्देनलाई मुख्य अतिथि बिनय तामाङको बाहुलीबाट प्रदान गरिएको थियो।
तीनैजनालाई खदार्पण गरी स्वागत जनाउँदै नेपाली टोपी, शल ओढ़ाएर सम्मान् गर्दै स्मृति चिन्ह्र, सम्वर्द्धना पत्र सहित स्वर्ण पदकद्वारा सम्मान गरियो। यसमा गिरी पुरस्कार र शिवकुमार राई स्मृति पुरस्कारमा एक एक लाख रूपियाँको चेक अनि अरूणा लामा स्मृति पुरस्कारमा 50 हजार रूपियाँको चेक प्रदान गरियो।
मुख्य अतिथि जीटीए बोर्ड अध्यक्ष बिनय तामाङद्वारा जातीय विभूतिहरू कवि अगमसिंह गिरी, शिवकुमार राई र अरूणा लामाको तश्वीरहरूमा खदार्पण र धुप दीप प्रज्वलनपछि थालिएको कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विनय तामाङले जीटीएले अहिलेसम्म कुन कुन क्षेत्र कस कसलाई पुरस्कारहरू प्रदान गरियो भन्ने विषयमा विस्तृत रूपमा जनाउँदै आगामी वर्षदेखि यी पुरस्कारहरूबाहेक पनि लोक संगीतको क्षेत्रमा इन्द्र थपलिया र साहित्य क्षेत्रमा पाद्री गंगाप्रसाद प्रधान पुरस्कार अनि नव प्रतिभाहरूका लागि पुरस्कार प्रदान गरिने पनि घोषणा गरे। उनले आगामी 26,2728 अप्रेल 2019 मा तीन दिवसीय रूपमा शिवकुमार राई जन्म शताब्दी समारोह खरसाङमा नै आयोजना गरिने पनि घोषणा गरे।

No comments:

Post a Comment

Post Bottom Ad