एसयुएमआईको अतिरिक्त स्कुल भवनको उद्घाटन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 16, 2018

एसयुएमआईको अतिरिक्त स्कुल भवनको उद्घाटन

गफसफ.com,  कालेबुङ 16 नोभेम्बर।
जीटीएद्वारा निर्मित एसयुएमआईको नयाँ बडोत्तरी श्रेणी कक्षाको आज उद्घाटन गरिएको छ। गतवर्ष 7 दिसम्बरका दिन जीटीए बोर्डका उपाध्यक्ष अनित थापाको बाहुलीबाट शिल्यान्यास गरिएको उक्त बटोत्तरी गरिएको श्रेणी कक्षाको आज उनकै बाहुलीबाट उद्घाटन गरिएको हो। यस अवसरमा एसयुएमआई प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

विद्यालयका शिक्षक प्रभारी जगत सारा राईले स्वागत सम्बोधन राखेको कार्यक्रममा विद्यार्थीवर्गद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। यस अवसरमा कार्यक्रममा खृष्टिय परम्परा अनुसार रेभरेन शामुएल लेप्चाद्वारा प्रार्थना गरिएपछि अनित थापाको बाहुलीबाट उक्त नयाँ भवनको उद्घाटन गरिएको थियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका जीटीए बोर्ड उपाध्यक्ष अनित थापालाई कर्यक्रममा विद्यालय पक्षबाट सम्मान पनि गरिएको थियो। एसयुएमआईका शिक्षक प्रभारी जगत सरा राईको बाहुलीबाट थापालाई विद्यालय निर्माणको निम्ति पुर्‍याएको सहयोगका निम्ति सम्मान जनाउने कार्य गरिएको हो।
यस अवसरमा कार्यक्रममा विद्यालयका पूर्व प्रचार्य एवम् सञ्चालन समितिका सचिव नभरत्न प्रधान, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान लगायत विद्यालयका शिक्षकगण सँगै गोजमुमो पार्टीका प्रतिनिधीवर्ग समेत उपस्थित रहेका थिए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्राचार्य एवम वर्तमान विद्यालय सञ्चालन समितिका सचिव नभरत्न प्रधानले जीटीए उपाध्यक्ष अनित थापाको जोडदार गुणगान गाएका थिए। उनले विद्यालय भवन निर्माणको निम्ति जीटीए उपाध्यक्ष अनित थापाले जोडदार सहयोग गरेको आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा राखेको बताएका छन्।
नभरत्न प्रधान कालेबुङवासीको निम्ति अघि आउनुपर्छ – अनित थापा
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मुख्य अतिथिका रूपमा उपस्थित जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले पनि नभरत्न प्रधानको गुणगान गाउँदै आगमी दिनमा जनताको हितमा कालेबुङलाई नै प्रतिनिधित्व गर्न अघि आउनुपर्ने आह्वान गरेका छन्। उनले पूर्व प्राचर्य नभरत्न प्रधानलाई सोझै राजनीतिमा प्रवेश गर्ने आह्वान नगरे पनि घुमाउरो शैली भने राजनीतिमा प्रवेश गर्ने नै आह्वान गरेका थिए।

‘एसयुएमआईको विद्यार्थीहरूले अहिले कलेबुङमा नेतृत्व गरिरहेका छन्। यसैकारण अब तपाईँ आफै कालेबुङलाई नेतृत्व गर्न अघि आउनुपर्नेछ। कालेबुङको जनतालाई तपाईँको नेतृत्वको खाँचो छ’ नभरत्न प्रधानलाई सम्बोधन गर्दै अनित थापाले भने। उनको अहिलेघरी कालेबुङका जनतालाई आवश्यक्ता रहेको भन्दै अब अघि आएर सरकारसँग बसेर कालेबुङ वासीको निम्ति कार्य गर्नुपर्ने पनि आह्वान गरेका छन्। विद्यालयबाट अवकास भएपछि अब उनको जिम्मेवारी सम्पूर्ण कालेबुङवासीको निम्ति रहेको पनि थापाले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले एसयुएमआई विद्यालयमा अध्यनरत छात्रावर्गको निम्ति शौचालयको समस्या रहेको आफुलाई जानकारी भएको भन्दै आगामी दिनमा छात्राहरूको निम्ति शौचालय निर्माण गरिदिने घोषणा पनि गरेका छन्। यसैक्रममा उनले आफुहरूको पक्षबाट अन्य विद्यालयहरूको निम्ति पनि क्षमताले भ्याए अनुसारको कार्य गरिदिने आश्वासन दिएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad