नभरत्न प्रधानले गाए अनित थापाको गुणगाण; भने- ‘तपाईँ जस्तो व्यक्ति जीटीएको पदमा बसिरहनुपर्छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 16, 2018

नभरत्न प्रधानले गाए अनित थापाको गुणगाण; भने- ‘तपाईँ जस्तो व्यक्ति जीटीएको पदमा बसिरहनुपर्छ’

गफसफ.com,  कालेबुङ 16 नोभेम्बर।
कालेबुङका चर्चित एसयुएमआई-का पूर्व प्राचार्य एवम् वर्तमान सञ्चालन समितिका सचिव नभरत्न प्रधानले जीटीए प्रशासन अनि उपाध्यक्ष अनित थापाको जोडदार प्रशंसा गरेका छन्। उनले विद्यालयको प्राङ्गनमा जीटीएद्वारा नव निर्मित बडोत्तरी गरिएको नयाँ श्रेणी कक्षा भवनको उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए प्रशासन अनि अनित थापाको खुलेर प्रशंसा गरेका हुन्।

उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाको प्रशंसा गर्दै आगामी दिनमा जीटीए अनि गोजमुमो पार्टीलाई नै हरेक प्रकारका सहयोग गर्न तयार रहेको घोषणा समेत गरेका छन्। ‘जब-जब तपाईँहरूलाई हाम्रो सहयोगको आवश्यक्ता पर्छ त्यतिबेला एसयुएमआईले हरेक प्रकारको सहयोग गर्ने बचन यो कार्यक्रमबाट दिँदछ’ नभरत्न प्रधानले घोषणा नै गरे।
उनले अहिलेघरी जीटीएले गरिरहेको द्रुत विकास कार्यको प्रशंसा गर्दै अघिका दिनहरू यस्तो विकास कार्यहरू द्रुत गतिमा अघि बडेको नदेखेको पनि उनले बताए। सोहीक्रममा उनले सन् 1979 देखि 2017 सम्म तत्काल निर्णय लिएर कार्य समेत गर्ने नेताहरू आफुले नदेखेको भन्दै अनित थापाहरू सत्तामा आएपछि यसरी कार्य प्रगति भइरहेको उनले दाबी गर्दै अनित थापाको खुलेर प्रशंसा गरे। यसैक्रममा उनले एसयुएमआईको नयाँ विद्यालय भवन निर्माणको निम्ति पनि थापा अनि जीटीए प्रशासनलाई धन्यवाद दिएका छन्।
‘गतवर्ष 7 दिसम्बरका दिन नयाँ भवन निर्माणको निम्ति शिल्यान्यास भएको हो जुन भवन लगभग मार्च महिनामा समापन भएको हो। जीटीएद्वारा पहिलोचोटी यतिचाडो कार्य भएको देखेका हौँ। हाम्रो निम्ति जीटीएले गर्दिनु भएको यस कार्यको निम्ति हामी सम्पूर्ण विद्यालयको पक्षबाट हार्दिक आभार प्रकट गर्दछौँ’ पूर्व प्राचार्य नभरत्न प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले जीटीए उपाध्यक्ष अनित थापासँग भेटघाट गरेर एसयुएमआईको समस्याबारे अवगत गराउँदा थापाले तत्कालै उक्त भवन निर्माणको पहल गरिदिएको भन्दै उनको तत्काल निर्णको कार्य आज भवन निर्माण भएको अनि आजसम्म कुनै पनि नेताहरूले एसयुएमआईको निम्ति यत्ति चाँढो कार्य नगरेको पनि दाबी गरेका छन्।
प्रधानले यसभन्दा अघिका नेताहरूलाई पनि विद्यायको समस्याहरू राख्ने कार्य गरेपनि यसरी नेताहरूले कार्य भने नगरोदिएको भन्दै अनित थापाले गरेको कार्यको मुग्द कण्डले प्रशंसा गरेका थिए। ‘हामीले विद्यालयको बेदना धेरै बिसाउने कर्य गर्‍यौँ तर कसैले यसरी कार्य भने गरिदिएन’ नभरत्न प्रधानले अझ भने –“हामी बिचार गरिदिएका हुन्छौँ’’ भनेर आश्वासन पनि दिए तर, त्यो गरिदिएका हुन्छौँ भन्दा हामी कहिले आश्वास्त हुन सकेनौँ।’ यसैक्रममा उनले आफ्नो धेरै नेताहरूसँग सम्पर्क रहँदा समेत अनित थापाले जस्तो तत्काल निर्णय लिएर विद्यालयको निम्ति कार्य भने नगरिदिएको बताएका छन्।
यसक्रममा उनले उक्त भवन निर्माण कार्य पुरा भईसक्दा पश्चिम बङ्गाल भोकेसनल एजुकेशन विभागका अधिकारीवर्ग अपग्रेडेसनका निरिक्षणकानिम्ति आएको बताउँदै जीटीए क्षेत्रमा मोडल भोकेसेनल एजुनेशन इन्टिचुटशन  निर्माणको कार्य गरिरहेको अनि उक्त सबै कार्य अनित थापाकओ सहयोगले अघि बड्न सकेको प्रधानले बताएका छन्।
‘तपाईँ जस्तो व्यक्ति यो जीटीएको जुन पदमा आसिन हुनुहुन्छ त्यो पदमा सधैँ आसिन हुनुहोस् भन्ने हाम्रो प्रार्थना छ। जनसाधरणको बेदना बुझ्ने तपाईँ जस्तो व्यक्ति त्यो पदमा बसिरहनुपर्छ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad