लोवर बोङबस्तीमा अनित थापाद्वारा बाटो निर्माणको शिल्यान्यास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 16, 2018

लोवर बोङबस्तीमा अनित थापाद्वारा बाटो निर्माणको शिल्यान्यास

गफसफ.com,  कालेबुङ 16 नोभेम्बर।
जीटीए उपाध्यक्ष अनित थापाको बाहुलीबाट आज लोवर बोङबस्ती स्थित गैरी गाउँ भन्डारी गाउँदेखि टारी गाउँ चोकपुरसम्म पुग्ने 3.5 किलो मिटर बाटोको आज विधिवत शिल्यान्यास गरिएको छ। यस अवसरमा स्थानीय गाउँलेहरूले थापालाई भव्य स्वागत जनाएका थिए। लभगक ३ करोड ५३ लाख लागतमा निर्माण हुने उक्त बाटोको शिल्यान्यास कार्यक्रममा विधिवत पूजा अर्चना गरेर सम्पन्न भएको थियो।


यस अवसरमा जीटीए बोर्ड उपाध्यक्ष अनित थापा, सञ्चबीर सुब्बा, भुवन खनालले विधिवत पूजा अर्चना गरेपछि शडक निर्माणको शिल्यान्यास गरिएको थियो। आरआईडीएफद्वारा निर्माण हुने उक्त सडक कालेबुङ ईञ्जीनियरिङ डिभिजनको देखरेखमा निर्माण हुने भएको छ। यस अवसरमा आयोजित कार्यक्रममा थापाले हालमा जीटीएको पक्षबाट आफुहरूले बिकास कार्यहरू गरिरहेको बताएका छन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जनताको हितमा जीटीएको पक्षबाट आफुहरूले हरेक प्रकारका विकास कार्यहरू गरिरहेको बताउँदै यदि कसैको गुनासो रहेको खण्डमा उक्त गुनासो पनि आफुहरूलाई राख्ने आह्वान गरेका छन्। ‘हामी कसैलाई आश्वासन देखाएर राख्दैनौँ। किन भने अघिका नेताहरूले जनतालाई केवल आश्वासन मात्र देखाएर राख्ने कार्य गर्‍य़ो। हामी आश्वासन होइन् कार्य गर्नेछौँ’ अनित थापाले अझ भने –‘नसक्ने कुरा हामी गर्दैनौँ, तर सक्ने कुरा हामी गर्दै जानेछौँ। यसको निम्ति तपाईँ जनताहरूले पनि हामीलाई साथ दिनु आवश्यक छ।’ यसै अवसरमा उनले बोङबस्तीबासीले अन्य विविध समस्याहरू पै आफुलाई बताएको भन्दै उक्त समस्याहरूलाई पै क्रमवद्ध रूपले समाधान गर्ने आश्वासन दिएका छन्।
यसक्रममा कार्यक्रमलाई भुवन पी. खनाल अनि सञ्चबीर सुब्बाले पनि सम्बोधन गरेका थिए भने हालमा जीटीएको पक्षबाट विभिन्न ठाउँहरूको बिकास कार्य तिब्र रूपले अघि बडीरहेको दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad