प्याराग्लाइडिङ दुर्घट्ना पछि सञ्चालन विषयमा प्रशासनिक वैठक; गाइडलान तयार नभएसम्म बन्द नै रहने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 29, 2018

प्याराग्लाइडिङ दुर्घट्ना पछि सञ्चालन विषयमा प्रशासनिक वैठक; गाइडलान तयार नभएसम्म बन्द नै रहने

‘पूर्णरूपले गाइडलाइन तयार गरेपछि हामी प्याराग्लाइडिङ सञ्चालन गर्न दिनेछौँ’ – विनय तामाङ
गफसफ.com, कालेबुङ  29 नोभेम्बर।
प्याराग्लाइडिङ सञ्चालनलाई लिएर जीटीए प्रशासन, जिल्ला प्रशासन अनि पुलिस प्रशासन माझ बसेर गाइडलाइन बनाउनने भएको छ। सोहि गाइडलाइनको आधारमा नै पछिबाट प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने जीटीए अध्यक्ष विनय तामाङले बताएका छन्।

साहासिक पर्याटनको रूपमा बिकसित भइरहेको प्याराग्लाइडिङ गत 24 नोभेम्बरका दिन दुर्घट्ना भएर नेपाल पोखरा निवासी पाइलटको मृत्यु भएपछि आज जीटीए प्रशानले वैठक डाकेको थियो। वैठकमा जीटीए अध्यक्ष विनय तामाङ, मुख्य सचिव एस.एच सैयद अहमद बाबा, जिल्ला अधिकारी डा. विश्वनाथ लगायत पुलिस प्रशासन अनि प्याराग्लाइडिङ एसोसिएसनका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।
वैठकमा प्याराग्लाइडिङ सञ्चालन गर्दा अप्नाउनुपर्ने सुरक्षा उपकरण सम्बन्धि अनि दुर्घट्नाबाट बाँच्नका निम्ति आवश्यक पदक्षेप ग्रहण गरुपर्ने विषयमा चर्चा परिचर्चा गरिएको थियो। यसका साथै गत 24 नोभेम्बरका दिन भएको दुर्घट्नाबारे पनि चर्चा परिचर्चा गरिएको थियो भने वैठकमा प्याराग्लाइडिङ सञ्चालनको निम्ति भारत सरकारको सुरक्षा मन्त्रालय अधिनस्थ रहेको वायु सेनाबाट पनि अनुमति लिनुपर्ने नियमबारे परिचर्चा गरिएको वैठकपछि जीटीए अध्यक्ष विनय तामाङले बताएका छन्।
लगभग एक घण्टा चलेको उक्त बैठकपछि हालमा पाराग्लाइडीङलाई बन्द नै राखिने निर्णय लिइएको छ। जिल्ला प्रशासन अनि जीटीएल् पुसिलसित मिलेर एउटा सही मार्ग निर्देशन बनाएपश्चात मात्र पाराग्लाइडीङ शुरू गरिने निर्णय बैठकमा लिइएको छ। आज बसेको बैठकपछि जीटीए अध्यक्ष बिनय तामाङले उक्त कुराको जानकारी गराउँदै राज्यलाई पनि यसबारे अवगत गराइने बताएका छन्।
‘हामीले 17 नोभेम्बरका दिन राफ्टिङ दुर्घट्नाबारे जिला प्रशासनसँग वैठक बसेर मनिटरिङ कमिटि गठन गरेका थियौँ। त्यसपछि पुन: प्याराग्लाइडिङ दुर्घट्ना भयो जुन अत्यन्त्यै दुखद घट्ना हो। उक्त घट्नाले हामी सबैलाई चिन्तित बनायो’ विनय तामाङले वैठकपछि भने।
पहाडको पर्यटन बिकासमा प्याराग्लाडिङले महत्वपूर्ण भूमिका निभाए पनि सुरक्षालाई लिएर खेलवाड गर्न नसकिने पनि उनले बताएका छन्। ‘प्याराग्लाइडिङ साहासिक पर्यटन निश्चय नै हो तर, यसलाई लिएर सुरक्षा सम्बन्धि पनि अचुक हुन हुँदैन। हामी प्याराग्लाइडिङ सञ्चालनलाई लिएर सकारात्मक छौँ। तर, यसभन्दा अघि राफ्टिङ सञ्चालन गर्नका निम्ति हामीले जसरी गाइडलाइन बनाउँदैछौँ त्यसरी नै प्याराग्लाइडिङको निम्ति पनि गाइडलाइन बनाउनेछौँ’ विनय तामाङले भने। उनले उक्त गाइडलाइन कालेबुङसँगै दार्जीलिङका प्याराग्लाइडिङ सञ्चालकहरूमा लागु हुने पनि बताएका छन्।
अर्कोतर्फ गतवर्ष 7 जनवरी 2017 मा दार्जीलिङ जिल्ला प्रशासनले प्याराग्लाइडिङ एसोसिएसन अनि सेनामाझ एउटा वैठक बसेर कतिपय गाइडलाइन तयार गरेको विषयमा पनि वैठकमा चर्चा गरिएको तामाङले जानकारी दिएका छन्।
‘यहाँ प्याराग्लाइडिङ उडाउँदा एयर ट्राफिक कन्ट्रोल बाघडोग्राबाट अनुमति लिइरहनु पर्दोरहेछ। हामी चाँढै नै एयरफोर्स अथोरिटि, जीटीए प्रशासन, दार्जीलिङ अनि कालेबुङ जिल्ला प्रशासन साथै प्याराग्लाइडिङ एसोसिएसन माझ वैठक गर्नेछौँ। त्यसपछि हामी के कस्ता नियमावली बनाउनुपर्छ भन्ने तय गर्नेछौँ’ विनय तामाङले भने। यस सन्दर्भमा उनले प्याराग्लाइडिङ उडान भर्नका निम्ति अप्नाउनुपर्ने सुरक्षा व्यवस्था, उडान गर्नका निम्ति प्रयोग गरिने सामाग्रीको गुणवत्ता जाँच गरिने पनि उनले बताएका छन्।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad