मेला ग्राउण्डले फेर्दैछ रूप; जीटीए अध्यक्ष विनय तामाङसँगै मुख्य सचिवले निरिक्षण गरेर लिए जानकारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 29, 2018

मेला ग्राउण्डले फेर्दैछ रूप; जीटीए अध्यक्ष विनय तामाङसँगै मुख्य सचिवले निरिक्षण गरेर लिए जानकारी

गफसफ.com, कालेबुङ  29 नोभेम्बर।
राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको कालेबुङको मेला ग्राउण्डलाई अहिलेघरी व्यवस्थित पार्ने कार्य युद्धस्तरमा चलिरहेको छ। विशेष गरेर आगामी 9 दिसम्बरका दिनदेखि जीटीएको आयोजनामा आरम्भ हुने चियरमेन्स गोल्ड कप फुटबल आयोजनालाई लिएर कालेबुङको मेला ग्राउण्डलाई व्यवस्थित पार्ने कार्य भइरहेको छ।

सोहि व्यवस्थित पार्ने कार्यप्रगतिको आज जीटीए अध्यक्ष विनय तामाङ, मुख्य सचिव एस.एस सैयद अहमद बाबा, जिल्लापाल डा. विश्वनाथ लगायत अन्य अधिकारीवर्गले भ्रमण गरेर निरिक्षण कार्य गरेका छन्। आगामी हुने चियरमेन्स गोल्डकप फुटबल खेलामा कुनै पनि समस्या सिर्जना नहोस भन्ने हेतुले उनीहरूले मेला ग्राउण्डमा चलिरहेको कार्य प्रगतिको भ्रमण गरेर जानकारी लिएका हुन्।

विशेष गरेर दार्जीलिङ पहाडको विभिन्न खेल मैदानहरूमा सम्पन्न हुन लागेको चियरमेन्स गोल्डकप फुटबल प्रतियोगिताको दुईवटा खेलहरू कालेबुङको मेला ग्राउण्डमा सम्पन्न हुने भएको छ भने उक्त गोल्डकपकको एउटा सेमिफाइनल अनि फाइनल खेला कालेबुङको मेला ग्राउण्डमा सम्पन्न हुने तय भइसकेको छ।

विशेष गरेर राष्ट्रीय स्तरका खेलाडीहरू समावेश हुने उक्त चियरमेन्स गोल्डकप फुटबल खेलका निम्ति मेला ग्राउण्डलाई पनि राष्ट्रिय स्तरकै खेलाडीहरू खेल्न सकिने प्रकारले व्यवस्थित पार्ने कार्य चलिरहेको छ। जसको अन्तिम चरणको कार्य हालमा चलिरहेको छ।

सोहि दुईवटा खेलहरूलाई लिएर मेला ग्राउण्डको वास्तविक स्थिति बुझ्नका निम्ति जीटीए अध्यक्ष विनय तामाङ अनि जीटीए मुख्य सचिव एसएच शयद अहमेद बाबाले अघिबाटै मेला ग्राउण्डको निरिक्षण गरेर जानकारी लिएपछी मेला ग्राउण्डलाई व्यवस्थित बनाउने कार्य आरम्भ भएको हो। जसको अन्तिम चरणको कार्य हालमा चलिरहेको छ।
राष्ट्रिय स्तरका खेलाडीहरूलाई खेल्दा मैदानमा कुनै प्रकारको समस्या सिर्जना नहोस् भन्ने हिसाबले सम्पूर्ण तक्निकी पक्षहरूलाई ध्यानमा राखेर हालमा मेला ग्राउण्डको व्यवस्थापन कार्य चलिरहेको छ। एकातिर मैदानको सम्पूर्ण भागलाई रोलर लगाएर मिलाउने कार्य चलिरहेको छ भने अर्कोतर्फ मैदान वरिपरि पनि रङ्ग पचेरा गर्ने कार्य चलिरहेको छ। यसका साथै मैदानको चारैतर्फ रहेका मैलाहरूलाई पनि उठाएर फ्याँक्ने कार्य चलिरहेको छ।
हालामा मेला ग्राउण्डलाई व्यवस्थित पार्ने कार्यको सम्पूर्ण तक्निकी पक्षको हेरचाह गरिरहेका पूर्ण फूटबल खेलाडी श्याम लामाले कालेबुङको मेला ग्राउण्डले अहिलेसम्म राष्ट्रिय स्तरका खेलाडीहरू जन्माएको उदाहरण दिँदै अहिलेसम्म मेला ग्राउण्डको अवस्था भने अत्यन्तै खराब रहेको अनि पुन: व्यवस्थित बनाउने कार्य गरिरहेको बताएका छन्। उनले मेला ग्राउण्डमा यसपल्ट ऐतिहासिक फूटबल खेला हुन लागिरहेको भन्दै मैदानलाई व्यवस्थित अनाएर राख्नका निम्ति भविष्यमा सरकार अनि सम्बन्धित निकायले उचित पहल गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad