गोजमुमो विमल गुरुङ गुटका प्रतिनिधी टोलिले भेटे केन्द्रिय जनजाति मन्त्री जोएल उरावँ; शितकालिन सत्रमा जनजातीको बील पेश हुने आश्वान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 30, 2018

गोजमुमो विमल गुरुङ गुटका प्रतिनिधी टोलिले भेटे केन्द्रिय जनजाति मन्त्री जोएल उरावँ; शितकालिन सत्रमा जनजातीको बील पेश हुने आश्वान

गफसफ.com, कालेबुङ, 30 नोभेम्बर।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका प्रतिनिधी टोलिले केन्द्रिय जनजाति मन्त्री जोएल उरावँलाई भेट गरेका छन्। दार्जीलिङ लोकसभा सांसद एस.एस आहलुवालीयाको नेतृत्वमा रहेको प्रतिनिधी टोलिमा पार्टीका उपाध्यक्ष आर पी वाइबा, गोजमुमो केन्द्रिय समिति सदस्य कर्णल रमेश आले, युवा मोर्चा उपाध्यक्ष अनिल लोप्चन, हिमालयन फरेस्ट भिलेजर्स एसोसिएसनका महासचिव लिला गुरुङ रहेका थिए। यसबारे आर.पी वाइबाले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

‘गोर्खाका छुटेका ११ जात गोष्ठी भुजेल, गुरुङ, मंगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याक्खा अनि धिमाललाई भारतको जनजाति मान्यता प्रदान गर्न संसदको आगामी शीतकालीन सत्रमा बील ल्याउने सम्बन्धमा के कति कुरा अघि बढ्यो भन्ने जानकारी लिन आज गोर्खा जनमुक्ति मोर्चाको एउटा टोलीले केन्द्रिय जनजाति मामिला मन्त्री जोएल ओरामलाई भेट गरेको आर.पी वाइबाले बिज्ञप्ती मार्फत् जानकारी दिएका छन्।
उनले उक्त भेटघाटपछि देशभरीका गोर्खाहरूले नै प्रधान मन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको केन्द्र सरकारले संसदको आगामी शीतकालीन सत्रमा गोर्खाको ११ जात गोष्ठीको बील ल्याएर सबै जाति नै अनुसूचित जनजाति बनाउने कुरामा आशावादी बनेको केन्द्रिय मन्त्रीलाई जानकारी गराएको बताएका छन्।
‘जनजाति मन्त्रालयले सबै आवश्यक कारवाही पुरा गरिसकेको जानकारी गराउँदै गोर्खा जनजातिमाथि भएको ऐतिहासिक गल्तिलाई सच्याउने कुरामा मन्त्रालयले काम गरिरहेको जानकारी माननीय मन्त्रीले गराएका छन्| यसको निम्ति मन्त्रालयले छुटेका गोर्खाहरूलाई जनजाति बनाउने बील तयार गरिरहेको विशेष जानकारी गराएका छन्’ विज्ञप्तीमा आर.पी वाइबाले झ भनेका छन् –‘मन्त्रीले यसबारेमा पहिल्यैबाट मन्त्रालयले काम गरिरहेको बताउँदै संसदमा यसको बील ल्याइने जानकारी गराउनु भएको छ।’

No comments:

Post a Comment

Post Bottom Ad