बिर्सा मुण्डालाई सम्झिए विमल गुरुङले; भने –‘बिर्सा मुण्डा गोर्खाल्याण्ड आन्दोलनका प्रेरणा पनि हुन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 15, 2018

बिर्सा मुण्डालाई सम्झिए विमल गुरुङले; भने –‘बिर्सा मुण्डा गोर्खाल्याण्ड आन्दोलनका प्रेरणा पनि हुन्’

गफसफ.com,  कालेबुङ 15 नोभेम्बर।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले आदिवासी नेता बिर्सा मुण्डाको जन्म दिवसमा आदिवासी समुदायलाई शुभकामना दिएका छन्। उनले आज एक प्रेस बिज्ञप्ती जारी गरेर आदिवासी नेता बिर्सा मुण्डाको जन्म जयन्तिको अवसरमा समुदायप्रति शुभकामना दिएका हुन्।
आदिवासी हक अधिकार अनि ब्रिटिसराजबाऋ मुक्तिको चाहना बोकेर सङ्घर्षको प्रतीक बनेका आदिवासी महापुरुष मुण्डाको जन्मजयन्तीमा तराई अनि डुवर्सका सम्पूर्ण आदिवासी समाजमा म गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट शुभकामना प्रकट गर्दछुविमल गुरुङले भनेका छन्।
उनले जारी गरेको प्रेस बिज्ञप्तिमा आदिवासी नेता बिर्सा मुण्डालाई गोर्खाल्याण्ड आन्दोलनको प्रेरणा समेत मानेका छन्। ‘गोर्खाहरूसँग नङ र मासु जस्तो सम्बन्ध भएको आदिवासी समुदायका महामानव बिर्सा मुण्डा एक अर्थमा हाम्रो गोर्खाल्याण्ड आन्दोलनका प्रेरणा पनि हुन्’ विमल गुरुङले बिज्ञप्तीमा अझ भनेका छन् –‘यो देशको आदिवासी इलाकामा जनतालाई सङ्गठित गर्नु अनि धर्ती अर्थात् माटोलाई माया गर्नु उनले जुन चेतनाको बीज रोपेका थिए त्यस्तै चेताअको बीज आज गोर्खाल्याण्डको माग हो’।
केवल 25 वर्ष मात्र बाँचेका बिर्सा मुण्डा आफुहरूका निम्ति बीर पुरुष रहेको दाबी गर्दै गुरुङले उनको जस्तै जातिप्रेम र मुक्तिको भावनालाई बलियो बनाउनुपर्ने आह्वान पनि उनले गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad