विमल गुरुङ, रोशन गिरी र मुकुल रोयलाई चेतावनी दिँदै देखा पर्‍यो जनताको नाउँमा पोस्टर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 16, 2018

विमल गुरुङ, रोशन गिरी र मुकुल रोयलाई चेतावनी दिँदै देखा पर्‍यो जनताको नाउँमा पोस्टर

गफसफ.com, कालेबुङ 16 नोभेम्बर।
कालेबुङ शहरको विभिन्न ठाउँहरूमा आज एकाएक जनताको नाउँमा पोस्टर टाँसिएको छ। जनताको नाउँमा टाँसिएको उक्त पोस्टरमा भाजपा नेता मोकुल रोय, गोजमुमोका भूमिगत नेता विमल गुरुङ, रोशन गिरीहरूलाई होशियार भनिएको छ। जनताको नाउँमा उक्त पोस्टर रातीको समय टाँसिएको हो।

भाजपा, मुकुल राय, विमल गुरूङ अनि रोशन गिरीलाई होसियार भन्दै कालेबुङ शहरको विभिन्न स्थानमा टाँसिएको उक्त पोस्टर मानिसहरूले एका-एक बिहानको समय मात्र देखेका हुन्। मोटर स्ट्याण्ड, डम्बर चौक, सीके चौक लगायत शहरको विभिन्न ठाउँमा टाँसिएको उक्त पोस्टरमा भाजपा नेता मुकुल रोयलाई पहाड चढेर देखाउने चेतावनी समेत दिइएको छ।
‘जनतालाई अलपत्र पारेर भाग्ने विमल गुरुङ र रोशन गिरी मुर्दावाद’, ‘विमल गुरुङ र रोशन गिरीको चमचा र धुपौरेहरू होशियार’, ‘मुकुर राय मुर्दावाद’ आदि लेखिएको जनताको नाउँको पोस्टर शहरको विभिन्न ठाउँहरूमा टाँसिए पछि दिनभरी नै मानिसहरूले चर्चा गरिरहेका थिए। पोस्ट टाँस्नेहरूले विगतका दिनमा गोरामुमो पार्टीका स्व नेता सुवास घिसिङको धर्मपत्नीको मृत्युपछि उनको पार्थिव शरीरलाई पहाडमा ल्याउन नदिएको कुरा समेत उल्लेख गरेको छ भने विमल गुरुङलाई पहाड चढ्न अघि एकचोटी सोँच्ने सुझाव समेत दिइएको छ।  

No comments:

Post a Comment

Post Bottom Ad