संसदको शीतकालिन सत्र 11 दिसम्बर देखि सुरु हुने; 11 गोर्खा समुदायलाई जनजाति बनाउने बील पारित होला? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 15, 2018

संसदको शीतकालिन सत्र 11 दिसम्बर देखि सुरु हुने; 11 गोर्खा समुदायलाई जनजाति बनाउने बील पारित होला?

गफसफ.com,  कालेबुङ 15 नोभेम्बर।
संसदको शीतकालिन सत्र आगमी 11 दिसम्बरदेखि सुरु हुने भएको छ भने आगमी 8 जनवरीका दिनसम्म चल्ने भएको छ। केन्द्रिय मन्त्री पीयुष गोयलले उक्त जानकारी दिएका छन्। आगमी वर्ष 2019 मा सम्पन्न हुने लोकसभा चुनावलाई लिएर संसदको उक्त शीतकालिन सत्र महत्वपूर्ण मानिएको छ।
देशव्यापी रूपमा नै उक्त शीतकालिन सत्र लोकसभा चुनावलाई लिएर महत्वपूर्ण मानिएको छ भने केन्द्रमा भाजपाको सरकार पुन: स्थापित बन्नका निम्ति पनि आगमी संसदको शीतकालिन सत्र महत्वपूर्ण बनेको हो।
दिसम्बर महिना देखि सुरु हुने उक्त संसदको शीतकालिन सत्र दार्जीलिङ पहाडको निम्ति पनि उत्तिकै महत्वपूर्ण बनेको छ। ‘गोर्खाको सपना मेरो सपना’ – भन्ने मोदी सरकारले पाँच वर्षको कार्यकाल बित्न लाग्दा सम्म ‘गोर्खाको सपना गोर्खाल्याण्ड’ माथि कुनै ठोस कदम नउठाएपछि दार्जीलिङ पहाडवासी भारतीय जनता पार्टीप्रति विश्वस्त बन्न सकिरहेका छैनन्। यस्तो अवस्थामा आगमी संसदको शीतकालिन सत्रमा भाजपा सरकारले गोर्खाहरूको निम्ति ठोस निर्णय लिन नसके दार्जीलिङ पहाडको लोकसभा आसन गुमाउनुसक्ने सम्भावना स्पष्ट बन्ने निश्चित बनेको छ।
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा भारतीय जनता पार्टीका उम्मेद्वार जसवन्त सिंह अनि एस.एस आहलुवालीयाले दार्जीलिङ लोकसभा आसनबाट सन् 2009 अनि 2014 मा दुईचोटी चुनाव जितेर गएका हुन्। सन् 2009 मा केन्द्रमा भाजको सरकार आउन नसकेपनि 2014 मा भने भाजपाले पूर्ण बहुमतको साथमा केन्द्रमा सरकार गठन गरेपनि भारतीय गोर्खाहरूको दीर्घकालिन छुट्टै राज्य गोर्खाल्याण्डको सपना भने केवल सपना मात्रै बनेर अल्झिरहेको छ। यस्तो अवस्थामा आगमी 2019 मा दार्जीलिङ लोकसभा आसनबाट भारतीय जनता पार्टीलाई चुनाव जित्नका निम्ति आगमी शीतकालिन सत्रमा गोर्खाल्याण्ड अथवा 11 जातलाई जनजाति बनाउने बिधेयक पारित गर्नै पर्ने बाध्यता समेत आइपरेको छ।
के शीतकालिन सत्रमा 11 जातगोष्ठीलाई जनजाति बनाउने बिधेयक पारित होला?
भारतीय जनता पार्टीले आगमी संसदको शीतकालिन सत्रमा गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता प्रदान गर्न बील पारित गर्ने गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट)ले दाबी गरिरहेको छ।
गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता प्रदान गर्ने कुरा देशका प्रधानमन्त्री नरेन्द्र मोदी आफैले विधानसभा चुनाव प्रचारको समय डुवर्स भ्रमणको क्रममा घोषणा गरेका थिए। यद्यपी उक्त जनजातिको मुद्दाले समेत निकास पाउन सकेको छैन। यस्तो अवस्थामा केन्द्र सरकारले 11 जात गोष्टिलाई जनजाति बनाउनका निम्ति कमिटि समेत गठन गरेको थियो भने उक्त कमिटिले केन्द्र सरकारलाई रिपोर्ट समेत सुम्पिएको थाह लागेको छ।
यस्तो अवस्थामा आगमी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट भारतीय जनता पार्टीलाई चुनाव जित्न नै हो भने आगमी 11 दिसम्बर देखि 8 जनवरीसम्म चल्ने संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्ड बील पारित नगरेपनि कमसेकम 11 जातलाई जनजाति बनाउने बिधेयक पारित गर्नै पर्ने स्थिति आइपरेको छ। यस्तो अवस्थामा भाजपाले आगमी चुनावलाई हेरेर संसदको शीतकालिन सत्रमा जनजातिको बनाउने बिधेयक पारित गर्ने हुन् त? एउटा जटिल प्रश्न बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad