सांसद आहलुवालीयाले विनय तामाङलाई लोकसभा चुनावमा उठने दिए चुनौति; भने - विनय तामाङसँग पुलिसमात्रै छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 25, 2018

सांसद आहलुवालीयाले विनय तामाङलाई लोकसभा चुनावमा उठने दिए चुनौति; भने - विनय तामाङसँग पुलिसमात्रै छ’


गफसफ.com, सिलगडी 25 नोभेम्बर।
‘विनय तामाङ एक व्यक्तिगत मानिस हुन्। उनीसित पुलिस मात्रै छ। तर पहाडका जनताको अधिकत्तर समर्थन विमल गुरूङसित छ, यो बुझिराख्नु’ उक्त कुरा दार्जीलिङ लोकसभा सांसद एवम् केन्द्रिय राज्यमन्त्री एस.एस आहलुवालीयाले सिलगडीमा भनेका हुन्। पत्रकारहरूले सोधेको एक प्रश्नको जवाब दिने क्रममा उनले पहाडका जनता विमल गुरुङको समर्थनमा नै रहेको दाबी गरेका हुन्।

यसक्रममा उनले अहिलेसम्म पनि दार्जीलिङ पहाडका जनतासित आफ्नो सम्बन्ध प्रगाढ रहेको दाबी गरेका छन् भने आवश्यकता परे उनले दार्जीलिङ आउने पनि बताए। उनी भाजपाद्वारा सिलगढीमा गणतन्त्र बचाऊ रथयात्रा र सांगठनिक विषयमा गरिएको एक सभाबीचै पत्रकारहरूसित कुराकानी गरिरहेका थिए।
‘पहाडका जनतासित हाम्रो असल सम्पर्क छ, उनीहरू सिलगढीमा नै आएर मसित भेट गरेर फर्किरहेका छन्। किनभने, पहाडका जनताको कुनै पनि काम अड्काइएको छैन’ आहलुवालीले भने। यसका साथै उनले आगामी लोकसभा चुनाउमा विनय तामाङको सहयोगको कुनै आवश्यकता नपर्ने बताउँदै विनय तामाङहरूसित समर्थक नै नरहेको पनि दावी गरेका छन्। यसका साथै उनले ‘जो राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित छ, उनीहरूको समर्थन भारतीय जनता पार्टीलाई चाहिन्दैन’ भने।
यसैक्रममा हालमा दार्जीलिङ पहाडमा आगामी लोकसभा चुनावमा भूमीपुत्र उम्म्देवार हुनपर्छ भन्ने चर्चा सुरु भइसकेको छ। यस्तो अवस्थामा सांसद एवम् केन्द्रीय राज्यमन्त्री आहलुवालीलाई प्रश्न गर्दा उनले भारत देशमा जन्मिएकाहरू सबै भूमीपूत्र हुन् भने। यद्यपी उनले यदि पहाडवासीको सन्दर्भमा भनिएको हो भने वितेको लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट भूमिपुत्रका रूपमा भाइचुङ भोटिया मैदानमा खडा भएका थिए, तर परिणाम के भयो? भनि बताए। यसक्रममा उनले भाइचुङ भोटिया दार्जीलिङका नभएर सिक्किमका हुन् भन्ने कुराको भने ख्याल राख्न सकेनन्।
‘यदि यसपालीको चुनाउको कुरा हो भने विनय तामाङ पनि पहाडका भूमिपुत्र हुन्, उनलाई चुनावी मैदानमा खडा हुनु भन्नु’ आहलुवालीयाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने।

No comments:

Post a Comment

Post Bottom Ad