आहलुवालीयाले भने –‘विनयसँग जनता होइन पुलिस मात्रै छ’, तामाङले दिए जवाब –‘आँट छ भने यसपाली चुनावमा खडा भएर आउ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 25, 2018

आहलुवालीयाले भने –‘विनयसँग जनता होइन पुलिस मात्रै छ’, तामाङले दिए जवाब –‘आँट छ भने यसपाली चुनावमा खडा भएर आउ’

गफसफ.com, दार्जीलिङ, 25 नोभेम्बर।
‘भाजपालाई यदि दार्जीलिङ पहाड़मा विनय तामाङको जनसमर्थन छैन अथवा अझै पनि पहाड़वासी विमल गुरूङकै पक्षमा छ भन्ने विश्वास छ भने किन विनय तामाङसित यति धेरै डराइरहेका छन्’ उक्त कुरा दार्जीलिङ लोकसभा सांसद एवम् केन्द्रिय राजमन्त्री एस.एस आहलुवालियालाई प्रतिक्रिया दिँदै विनय तामाङले भनेका हुन्।

आहलुवालियाले सिलगडीमा आफ्नो सम्बन्ध दार्जीलिङवासीसँग प्रगाड रहेको भन्दै पहाडमा विनय तामाङको जनसमर्थन नभएर विमल गुरुङको मात्रै जनता रहेको दाबी समेत गरेका थिए। उनको उक्त वयानपछि यता विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर यदि उनको दार्जीलिङ पहाडवासीसँग सम्बन्ध प्रगाड छन् भने सिलगडीमा होइन दार्जीलिङमा आएर बोल्नु समेत चुनौति दिएका छन्।
‘ठूल्ठूलो कुरा हाँकेर चुनाउ जितेपछि आवश्यकताको बेला एक शब्द पनि नबोल्ने सांसदको विरूद्धमा दार्जीलिङ पहाड़का क्रुद्ध जनताले थानामा मीसिङ डायरी दर्ता गरेको घटना आहलुवालियालाई थाह छ। यसैले जनताको विरोध झेल्नुपर्ने डरले उनी पहाड़ चड़्न सकिरहेका छैनन्’ विनय तामाङले भनेका छन्।
यसक्रममा तामाङले पहाडका जनता कसको साथमा रहेको छ भन्ने बुझ्नका निम्ति यसपल्ट पनि दार्जीलिङ लोकसभा आसनबाट आहलुवालीयालाई खडा बन्ने चुनौति पनि दिएका छन्। ‘एसएस आहलुवालिया यसपालि पनि भाजपाको प्रार्थी भएर सासंद चुनाउ लड्न दार्जीलिङ आउन्। दार्जीलिङ पहाड़का जनताको समर्थन विमल गुरूङसित छ कि विनय तामाङसित अथवा दार्जीलिङ पहाड़वासीले आहलुवालियालाई कति रूचाउँछन् उनलाई थाह हुनेछ’ विनय तामाङले अझ भनेका छन् –‘झूटो आश्वासन र सहानुभूतिको भरमा गोर्खाहरूलाई ब्लेकमेलिङ गर्ने भाजपाले विमल गुरूङ त के भगवानकै नाम लिएर दार्जीलिङ पहाड़ चड़े पनि यसपालि फोरफीट बनाइदिनेछौं।’।
उनले दार्जीलिङ पहाड़मामात्रै होइन यसपालि भाजपालाई जलपाइगढी र अलिपुरद्वार आसनमा पनि फोरफीट बनाउनेछौं भनि चुनौति दिएका छन्। 
यता आहलुवालीले सबै भारतवासी भूमीपूत्र हो भन्ने दिएको बयानको पनि तामाङले प्रतिक्रिया व्यक्त गरेका छन्। ‘भूमिपुत्र प्रार्थी दिने सन्दर्भमा राष्ट्रियताको कुरा ल्याएर तथा भुमिपुत्रको सन्दर्भलाई सिक्किमे भाइचुङ भोटियालाई गाँसेर पहाड़वासीलाई यसपालि पनि गोर्खाल्याण्डको अफीम सुघाएर स्थानीय प्रार्थीको साटो दिल्लीबाट टुरिस्ट प्रार्थी दिने भाजपाको नियत रहेको पनि आहलुवालियाले स्पष्ट पारेका छन्। तर भाजपाको यो नियत यसपालि दार्जीलिङमा चल्ने छैन। दार्जीलिङ पहाड़मा चुनाउ जित्नु भाजपाको दिवास्वप्नमात्रै हुनेछ’ तामाङले भने।
अर्कोतर्फ आहलुवालीले आगमी लोकसभा चुनावमा विनय तामाङलाई चुनावी मैदानमा खडा हुने दिएको चुनौतिलाई यदि आहलुवालीयाभन्दा उच्च नेताहरू प्रतिद्वन्द्विता गर्न आए आफु चुनावी मैदानमा ओर्लिने पनि बताएका छन्।
‘दार्जीलिङ संसदीय क्षेत्रबाट म स्वयँलाई प्रार्थीको रूपमा उठ्ने चुनौती पनि आहलुवालियाले दिएका रहेछन्। उनको यो चुनौती म त्यतिबेला स्वीकार्नेछु जत्तिबेला आहलुवालियाभन्दा शीर्ष ओहोदाका भाजपा नेतृत्त्वहरू मसित चुनाउमा प्रतिद्वन्दिता गर्न दार्जीलिङ आउनेछन्’ तामाङले अझ भनेका छन् –‘गोर्खाहरूलाई भोट मशीनमात्रै ठान्ने भाजपालाई यसपालिको चुनाउमा गोर्खाहरूले जवाब दिनेछन्।’

No comments:

Post a Comment

Post Bottom Ad