सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रम; पत्रकार स्व ध्रुव गूरुङकी पत्नीलाई सम्मान् - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 25, 2018

सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रम; पत्रकार स्व ध्रुव गूरुङकी पत्नीलाई सम्मान्

गफसफ.com, खरसाङ 25 नोभेम्बर।
अन्तर्राष्टीय नेपाली ईसाई मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ईसाई सञ्चार कर्मीहरूको भेटघाट कार्यक्रम शनिबार सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भयो। कार्यक्रममा सभाध्यक्षाको रूपमा सिक्किमबाट क्यामुना प्रधान अनि प्रमुख अतिथिको रूपमा शिक्षाविद् मार्थारानी राई उपस्थित थिइन् भने विशिष्ट अतिथिको रूपमा भेटघाटका सम्पादक राजु राई, पास्टर जीवन राई ज्योति, संस्थाको राष्ट्रीय संयोजक पास्टर रमेश लामा, एल्डर मसीह प्रकाश मोक्तान, पत्रकार स्व ध्रुव गुरूङकी पत्नी कविता गुरूङ उपस्थित थिए।

पास्टर पिटर थापाद्वारा सञ्चालित कार्यक्रममा सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रमको उद्देश्य विषयमा राष्ट्रीय संयोजक रमेश लामाले वक्तव्य राखे। कार्यक्रममा सञ्चार माध्यम ईसाई अवधारणा र ईसाई सहभागिताहरू साथै वर्तमान प्रिन्ट मिडिया, इलेक्ट्रोनिक मिडिया र इन्टरनेट लगायत अनलाइन न्युज पोर्टलहरू विषयमा कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रममा गायिका मेरिना राई र रजत बिकेद्वारा गीत प्रस्तुत गरियो। यसै अवसरमा पत्रकार स्व ध्रुव गुरुङले पत्रकारिता क्षेत्रमा दिइएको योगदानलाई कदर गर्दै उनकी पत्नी कविता गुरूङलाई सम्मानित गरियो।
यस अवसरमा पत्रकार ध्रुव गुरूङको जीवनी  पिटर थापाले पठन गरे। पत्रकार स्व ध्रुव गूरुङले 36 वर्षसम्म पत्रकारितामा योगदान दिएका थिए। तिनले हिमालचुली लगायत हिमालय दर्पण र समय दैनिकमा पनि पत्रकारिता गरेका थिए भने लोगोस बाइबल कलेज हैदराबादबाट डाक्टरेटको उपाधि पनि पाएका थिए। उनको योगदानलाई कदर गर्दै सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रममा तिनकी पत्नीलाई सम्मान गरिएको हो।
यस अवसरमा सभाध्यक्षा क्यामुना प्रधानको बाहुलीबाट खदार्पण साथै प्रमुख अतिथि मार्थारानी राईको बाहुलीबाट सम्वर्द्धना पत्र एंव नगद राशि प्रदान गरी सम्मानित गरियो।

No comments:

Post a Comment

Post Bottom Ad