कालेबुङमा हुनेछ महिनाव्यापी ब्याटमिन्टन प्रशिक्षण शिविर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 17, 2018

कालेबुङमा हुनेछ महिनाव्यापी ब्याटमिन्टन प्रशिक्षण शिविर

गफसफ.com, कालेबुङ 17 नोभेम्बर।
कालेबुङ जिल्ला ब्याटमिन्टन एसोसिएसनको आयोजनमा आगमी 20 दिसम्बरदेखि महिनाव्यापी ब्याटमिन्टन प्रशिक्षण शिविर सम्पन्न हुने भएको छ। जसको निम्ति उक्त महिना व्यापी व्याटमिन्टन प्रशिक्षण शिविरमा भाग लिन चाहनेहरूले 18 दिसम्बर भित्रसम्म आफ्नो नाउँ पञ्जीकरण गर्नुपर्ने एसोसिएसनका सचिव प्रणय गुरुङले जानकारी दिएका छन्।


विशेष गरेर राष्ट्रिय स्तरका प्रशिक्षकहरू उपस्थित हुने उक्त प्रशिक्षण शिविर यहाँका ब्याटमिन्टन खेलाडीहरूले भाग लिए ब्याटमिन्टन खेलसम्बन्धी धेरै कुरा सिक्न सक्ने उनले बताएका छन्। उनले उक्त प्रशिक्षण शिविरमा राष्ट्रिय स्तरका प्रशिक्षकवर्गले खेलको प्रशिक्षण सँगै खेल सम्बन्धि अन्य विशेष प्रशिक्षणहरू प्रदान गरिने बताएका छन्।
‘हामीसँग राष्ट्रिय स्तरका प्रशिक्षकहरू उपस्थित बनेर प्रशिक्षण दिनेछन्। प्रशिक्षकवर्गले खेल सङ्गै खेलका निम्ति तक्निकी पक्षको पनि प्रशिक्षण दिनेछन्’ प्रणय गुरुङले भने।
यसैक्रममा एसोसिएसनका कोषाध्यक्ष एन.के गुरुङले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ जिल्ला ब्याटमिन्टन एसोसिएसनले राष्ट्रिय स्तरका खेलाडीहरू जन्माउने उद्देश्य राखेर यसरी प्रशिक्षिण शिविरको आयोजना गरेको बताएका छन्। उनले ब्याटमिन्टन खेल खेल्न चाहनेहरूले झट्टै प्रञ्जीकरण गरेर प्रशिक्षण शिविरमा भाग लिने आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad