गोर्खा जाति एउटै लहरमा उभिएर तानाशाहि ममता सरकारलाई मुहतोड जवाफ दिऔँ – प्रकाश गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 17, 2018

गोर्खा जाति एउटै लहरमा उभिएर तानाशाहि ममता सरकारलाई मुहतोड जवाफ दिऔँ – प्रकाश गुरुङ

गफसफ.com, दार्जीलिङ 18 नोभेम्बर।
गोर्खा जनमुक्ति ओर्चा (विमल गुरुङ गुट) का युवा ओर्चा अध्यक्ष प्रकाश गुरुङको घर पुलिसले न्यायालयको आदेशमा कुड्की गरेपछि उनले एक प्रेस बिज्ञप्ती जारी गरेर प्रक्रिया व्यक्त गरेका छन्।


विमल गुरुङसँगै गतवर्षको आन्दोलन कालमा भूमिगत बनेका प्रकाश गुरुङले आफ्नो पैतृक घर कुड्की गर्दा आफु दु:खी भएको भन्दै उनले ‘मातृभूमिको भन्दा बढी महत्व मेरो घरको हुन सक्तैन’ भनेका छन्।
‘आज ममता सरकारको तानाशाहि अनि स्वार्थी राजनीतिको भेट चढ्यो मेरो पैतृक घर’ उनले आफ्नो घर कुड्की गरिएको सन्दर्भमा भनेका छन्। यसैक्रममा उनले आफ्नो पैतृक घर धेरै महत्व राख्ने भए पनि उक्त घर आतृभूमीभन्दा ठूलो नरहेको पनि बताएका छन्। यसक्रममा उनले आन्दोलनकालमा युवा नेताहरूको घर जलाउने र लुटॅपाट बङ्गाल पन्थी खेमाहरूले गर्दै आएका हुन् भनि आरोप लगाएका छन्।
‘बङ्गालले जति यातना दिन्छ हामीलाई दिओस् हामी हाम्रो मुल लक्ष्य गोर्खाल्याण्ड देखि अलिकति पनि पछि हट्दैनौ। कारण जबसम्म हामी बङ्गाल भित्र छौं तबसम्म यस्तो अनेकौं यातना हाम्रो जातिले हाम्रो भावी सन्तानले सहन पर्ने छ’ प्रकाश गुरुङले बिज्ञप्तीमा भनेका छन्। यसक्रममा उनले बङ्गालको अत्याचार विरुद्ध निडरतापूर्वक उभिने अपिल पनि गरेका छन्।
‘हाम्रो सचेत अनि सजग समाजलाई यहि भन्न अनि अपिल गर्न चाहन्छु बङ्गालको अत्याचार, हेलचेक्र्याइ अनि तिरस्कार सहँदै निमुखा भएर होइन निडरतापूर्वक, सचेत मानिस भएर आफ्नो अनि आफ्नो सन्तानको सुरक्षाको निम्ति अघि आँउ, समग्र गोर्खा जाति एउटै लहरमा उभिएर तानाशाहि ममता सरकारलाई मुहतोड जवाफ दिऔँ’ प्रकाश गुरुङले अपिल गर्दै भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad