शिक्षाको क्षेत्रमा जीटीएले कार्य गरिरहेकै छ – अमरसिंह राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 17, 2018

शिक्षाको क्षेत्रमा जीटीएले कार्य गरिरहेकै छ – अमरसिंह राई

गफसफ.com, कालेबुङ 17 नोभेम्बर।
दार्जीलिङ पहाडको शिक्षा क्षेत्रमा विकास गर्नका निम्ति अनि शिक्षासँग सम्बन्धित विविध समस्याहरूलाई समाधान गर्नका निम्ति जीटीएको पक्षबाट सरकारलाई माग राख्दै आइरहेको विधायक अमरसिंह राईले बताएका छन्। संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित राईले सरकारसमक्ष राखेका मागहरूलाई अघिबडाउने कार्य गरिरहेपनि कतिपय समस्याहरू समाधान हुन नसकेको बताएका छन्। जसको निम्ति उक्त मागहरूलाई राजनैतिक रूपले अघि बडाउनुपर्ने आवश्यक रहेको पनि बताएका छन्।
Amar Singh Rai (MLA)
उनले दार्जीलिङ पहाडमा शिक्षक नियुक्ति, नयाँ विद्यालयहरूको पञ्जीकरण आदि मागहरू सरकारसमक्ष अघिबाटै राखेको बताउँदै उक्त मागहरूको फाइल सम्बन्धित विभागमा सकारात्मक रूपले अघि बडीरहेको पनि बताएका छन्। ‘कोलकोतामा हामीले बारम्बार अघिबाटै राखेका मागहरूलाई फलोअप गरिरहेका छौँ। आगमी दिनहरूलाई उक्त सम्पूर्ण मागहरूलाई पुरा गर्नका निम्ति जीटीए अध्यक्ष बिनय तामाङ अनि उपाध्यक्ष अनित थापाले राजनैतिक स्तरमा मुख्यमन्त्रीसमक्ष उक्त मागहरू प्रस्तुत गरिए अनि मुख्यमन्त्रीले आदेश दिए सबै समाधान हुनेछ’ अमरसिंह राईले भने।
उनले जीटीएमा शिक्षा विभागको जिम्मेवारी लिएपछी थुप्रै मागहरू सरकारसमक्ष राखेको अनि त्यसमध्ये कतिपय समाधान भएको र कतिपय भने समाधान हुन लागेको पनि बताएका छन्। यसैक्रममा उनले अहिलेसम्म सरकारसमक्ष राखेका मागहरूलाई फत्ते पार्नका निम्ति बारम्बार सरकारसँग सम्पर्कमा बसेर कार्य गरिरहेको बताउँदै उक्त मागहरू समाधान नभएसम्म अन्य नयाँ मागहरू भने नराख्ने पनि उनले बताएका छन्।
उनले जीटीएको पक्षबाट राखेका शिक्षा सम्बन्धिका मागहरूलाई मुख्यमन्त्रीसमक्ष जीटीए बोर्डका अध्यक्ष अनि उपाध्यक्षले राजनैतिक रूपले पेश गरिदिने अनुरोध पनि गरेका छन्। आफुले आफ्नो पक्षबाट कार्य गरिरहेको बताउँदै विनय तामङ अनि अनित थापाले उक्त मागलाई पेश गरे अझ चाँढो समाधान हुनसक्ने पनि उनले आशा व्यक्त गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad