जीटीए चुनाव अहिले हुन उचित छैन, लोकसभा चुनावको निम्ति दैलो सबैलाई खुल्ला छ – मन घिसिङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 28, 2018

जीटीए चुनाव अहिले हुन उचित छैन, लोकसभा चुनावको निम्ति दैलो सबैलाई खुल्ला छ – मन घिसिङ

गफसफ.com, दार्जीलिङ, 28 नोभेम्बर।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको बिघटित केन्द्रिय कमिटि चाँढै गठन गरिने भएको छ। त्यसभन्दा अघि पार्टीका अध्यक्ष मन घिसिङले 17 सदस्यीय स्टेरिङ कमिटि गठन गरेका छन्।

पार्टीको साङ्गठनिक बिस्तार गर्नका निम्ति उक्त स्टेरिङ कमिटि गठन गरेको मन घिसिङले बताएका छन्। ‘पार्टीको कार्यकर्ताहरू नयाँ उत्साह प्रदान गर्दै सङ्गठनलाई दह्रिलो बनाउन अहिले हामीले स्टेरिङ कमिटि बनाएका छौँ। जसको आगामी आइतबार पहिलो वैठक गरेर नयाँ राजनैतिक कार्यक्रमको रणनीति बनाउनेछौँ’ मन घिसिङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
यसैक्रममा उनलाई जीटीए चुनावबारे प्रश्न गर्दा हालमा चुनाव नभएको राम्रो भनेका छन्। ‘जीटीएको वैद्यतामाथि अघिबाटै न्यायलयमा मुद्दा दर्ता गरिएको छ। यस्तो अवस्थामा अहिले नै जीटीएको चुनाव हुनु उचित छैन’ मन घिसिङले भने। उनले हालमा वातावरण राम्रो भएपनि पूर्णरूपले साम्य नरहेको बताएका छन्। यस अवसरमा उनले आगामी लोकसभा चुनाउको लागि सबै राजनैतिक पार्टीहरूसित वार्ता गर्ने ढोका खुल्ला राखेको बताएका छन्।
उनले पहाडमा शान्तिको निम्ति गोरामुमोले विगतको आन्दोलनले कुनै उपलब्धि नहुँदा पत्रचार गरेर राम्रो पहल गरेको भन्दै जीटीए भने जनताले अस्वीकार गरेको व्यवस्था रहेको पनि बताए। ‘जीटीए पहाडका जनताले मात्रै होइन, यसको चौकीमा बस्ने नेताहरूले पनि फ्याँकिसकेको व्यवस्था हो। जीटीएले गोर्खा जातिको भलो कदापि हुँदैन। तरै पनि 5 वर्ष फेरि अर्को एउटै पार्टीलाई दिनु पनि उचित हुँदैन। यसैले समय आएपछि यसमाथि पार्टीले निर्णय लिनेछ’ मन घिसिङले भने।
उनले आगामी लोकसभा चुनावमा गोरामुमो पार्टीले सबैको बिचार सुन्ने बताउँदै ‘बेस्ट अफ् द बेस्ट’ छान्न सक्नुपर्ने बताएका छन्। उनले यसपल्ट आश्वासनले मात्र केहि नहुने भन्दै राक्ष्ष्ट्रिय राजनैतिक दलहरूलाई समर्थन गर्न अघि उनीहरूलाई राम्रोसँग केलाएर हेर्न आवश्यक रहेको बताए। ‘गोरामुमोले दिल्ली (भाजपा)-को पनि मन बुझ्न चाहन्छ अनि कलकत्ता (तृणमूल कंग्रेस)-को पनि। किनभने, पहिले सुन्नुपर्‍यो, बुझ्नु पर्‍यो त्यसपछि निर्णय लिन पर्‍यो। यसैले अब पार्टीको स्टेरिङ कमिटी गठन भएको छ, यसले नै सामूहिकरूपमा यसबारे निर्णय लिनेछ’ मन घिसिङले भने।

No comments:

Post a Comment

Post Bottom Ad