खै तक्दाहको ईञिनियरिङ कलेज र सुकियाको सैनिक स्कुल – तारा सुन्दास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 29, 2018

खै तक्दाहको ईञिनियरिङ कलेज र सुकियाको सैनिक स्कुल – तारा सुन्दास

गफसफ.com, कालेबुङ, 28 नोभेम्बर।
तकदाहमा इञ्जीनियरीङ कलेज अनि सुकिया पोखरीको टिफिन डाँडामा सैनिक स्कूल निर्माण गर्न शिलान्यास कार्य गरिएको अनि सरकारी तवरमा पहल गरिएको भए तापनि आजसम्म सो कार्य किन हुन सकेको छैन भन्ने प्रश्न माकपा नेता तारा सुन्दासले गरेका छन्।

गत 2012 मा नै तकदाह इञ्जीनियरीङ कलेजको शिलान्यास गरिएको जसको निम्ति एनएचपीसीले 40 करोड दिएको खबर तत्कालिन खबर कागजहरूमा प्रकाशित भइसकेको भए तापनि कार्य किन हुन सकेन, सुन्दासले प्रश्न गरेका छन्। उक्त दुवैवटा निर्माण कार्य पूरा भएको खण्डमा यसले पहाडका विद्यार्थीहरूलाई शिक्षार्जन गर्न धेरै सुविधा प्राप्त हुने भएकाले यस दिशामा जीटीएले पनि पहल गर्नुपर्ने सुन्दासले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad