विमल गुरुङ गुटका बिरेन भुजेलको सम्पत्ती कुड्की; पिता भरत भुजेलले भने –‘एउटा छोरालाई मार्‍यो, अर्कोलाई पुलिसले खोजिरहेको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 28, 2018

विमल गुरुङ गुटका बिरेन भुजेलको सम्पत्ती कुड्की; पिता भरत भुजेलले भने –‘एउटा छोरालाई मार्‍यो, अर्कोलाई पुलिसले खोजिरहेको छ’

गफसफ.com, कालेबुङ 28 नोभेम्बर।
कालेबुङ जिल्ला एवम् सत्र न्यायालयको मुद्दा सङ्ख्या 13/2015 अन्तर्गत राज्य बनाम बिरेन भुजेल एवम् 13 जना अन्य विरुद्ध चलिरहेको मुद्दाको आधारमा कालेबुङ पुलिसले गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) का भूमिगत विरेन भुजेलको कोठाबाट सामाग्रीहरू कुड्की गरेको छ।

न्यायालयको आदेश पछी बिरेन भुजेलको इस्टमेन रोड, छिना डाँडामा अवस्थित घरमा आज पुलिसबल पुगेका थिए। त्यस समय घरमा बिरेन भुजेलका पिता भरत भुजेल मात्र रहेका थिए भने उनलाई बिरेन भुजेल बस्ने कोठा सोधपुछ गरेपछी कोठामा रहेका सामाग्रीहरू कुड्की गरेको छ।
गतवर्ष चलेको 105 दिनको पहाड बन्दपछि भूमिगत अवस्थामा रहेका बिरेन भुजेल विरुद्ध कालेबुङ थानामा मुद्दा सङ्ख्या 49/14 अनुसार भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 323, 324, 326, 307, 427, 506 अनुसार मुद्दा दर्ता गरिएको छ। कालेबुङ जिल्ला एवम् सत्र न्यायालयमा चलिरहेको उक्त मुद्दाको सुनवाइमा बिरेन भुजेलले आफ्नो उपस्थिति नदिएपछी नै न्यायालयले उनको घर कुड्की गर्ने आदेश जारी गरेको हो। जसको आधारमा आज पुलिसले भुजेलको कोठामा रहेका सामाग्रीहरू कुड्की गरेको छ।
भूमिगत अवस्थामा रहेका बिरेन भुजेल आफ्ना आमा-बाबासँगै घरमा बस्दै आइरहेका थिए। सोही घरमा रहेको विरेन भुजेलको कोठाबाट पुलिसले सामाग्रीहरू कुड्की गरेको हो। यस सन्दर्भमा बिरेन भुजेलका पिता भरत भुजेलले आज बिहान पुलिसहरू आएपछि बिरेन भुजेलको कोठामा रहेका सामाग्रीहरू लैजानेछौँ भनेपछी उनको कोठामा रहेका एउटा बेड, टिभी अनि टेबल लगेर गएको बताएका छन्।
‘एउटा छोरा बरुण भुजेल जो निर्वाचित पनि हुन् उसलाई मारिदियो। अर्को छोरोलाई पक्रिनलाई खोजिरहेको छ। यस्तो अवस्थामा हामीलाई अत्यन्त्यै दुख लागेको छ’ बरुण भुजेलका पिता भरत भुजेलले भने।

No comments:

Post a Comment

Post Bottom Ad