पेलिङमा चेरेञ्जीको प्रतिमा स्थापित; पवन चामलिङले भने – ‘सिक्किमलाई छोस्योम बनाउने सपना पुरा भएको छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 1, 2018

पेलिङमा चेरेञ्जीको प्रतिमा स्थापित; पवन चामलिङले भने – ‘सिक्किमलाई छोस्योम बनाउने सपना पुरा भएको छ’

गफसफ.com, पेलिङ 1 नोभेम्बर।
पश्चिम सिक्किमको पेलिङमा निर्मित चेरेञ्जी सिङखाम रियो पोटाला-को विधिवत उद्घाटन गरिएको छ। मुख्यमन्त्री पवन चामलिङको बाहुलीबाट उक्त चेरेञ्जी सिङखाम रियो पोटाला-को उद्घाटन गरिएको हो।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पावन चामलिङले भने –वौद्ध धर्मावलम्बीहरूका निम्ति सिक्किम आजदेखि छोस्योम (देउता थान) बन्यो।’ उनले अझ भने  -‘तीनजना लामा र छोग्यालयहरूले सिक्किमलाई देश नबनाएको भए सिक्किम आज नेपाल , भोटाङ, तिब्बत वा बङ्गालमा हुनेथियो। तर उनीहरूले सिक्किमलाई सुरक्षित राखेकोले आज सिक्किमवासी भएर बाँचेका छौँ।’
पश्चिम सिक्किमको पेलिङ स्थित सङ्घ छोइलिङ गुम्बा परिसरमा लगभग 70 करोड लागतमा निर्मित चेरेञ्जीको विशालकाय प्रतिमा सिक्किम राज्यका निम्ति थप नयाँ पर्यटन स्थल बन्न पुगेको छ। जसको साथै सिक्किम राज्यमा वुद्धका तीनवटा रूपहरू क्रैमैले गतम वुद्ध, चेरेञ्जी र गुरु पद्मसम्भव गरेर तीनवटै प्रतिमाहरू स्थापित हुन सक्षम बनेको छ।
सन् 2009 देखि निर्माण कार्य थालिएको उक्त चेरेञ्जी सिङखाम रियो पोटाला 8.5 भूमिमा फैलिएको छ भने जसको समुद्र तटदेखि 9200 फिट उँचाईमा अवस्थित रहेको छ। उक्त प्रतिमाको उँचाई 98 फिट रहेको छ भने धरातलसँगै यसको उँचाई 135 फिट अग्लो रहेको छ जो विश्वकै सबैभन्दा अग्लो चेरेञ्जीको प्रतिमा हो।
‘एसडीएफ सरकारले आफ्नो स्थापन कालदेखि नै सिक्किमलाई छोस्योम बनाउँने सपना आज आएर पुरा भएको छ’ मुख्यमन्त्री पवन चामलिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।

No comments:

Post a Comment

Post Bottom Ad