फुटबल खेलाडी मनिष सुब्बालाई जर्मन जान अघि जीटीए अध्यक्ष विनय तामाङले गरे सहयोग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 1, 2018

फुटबल खेलाडी मनिष सुब्बालाई जर्मन जान अघि जीटीए अध्यक्ष विनय तामाङले गरे सहयोग

गफसफ.com, दार्जीलिङ 1 नोभेम्बर।
कतिपय फुटबल प्रतियोगिता अनि प्रशिक्षण शिविरहरूमा भाग लिन जर्मनी जाने दार्जीलिङका पहिलो फुटबल खेलाड़ी मनिष सुब्बालाई जीटीए अध्यक्ष विनय तामाङले फुटबल खेलसम्बन्धित चाहिने सामाग्रीहरू प्रदान गरेका छन्। उनी आगामी 4 नोभेम्बरको दिन जर्मनी प्रस्थान गर्नेछन् भने जर्मनी जानुभन्दा अघि खेल अनि प्रशिक्षणको समय आवश्यक पर्ने सर-समानहरू क्रमैले फुटबल बूट, ट्र्याक-सूट, जर्शीलगायत अन्य सामग्रीहरू तामाङले प्रदान गरेका हुन्।


आज लालकोठीमा मनिष सुब्बा जीटीए अध्यक्षसित भेट गर्न पुगेका थिए भने त्यही उनलाई उक्त सरसमानहरू प्रदान गरिएको हो। यसबाहेक जर्मनीबाट फर्किएपछि खेलाड़ी मनिष सुब्बालाई जीटीएमार्फत विभिन्न क्षेत्रमार्फत प्रोमोट अनि प्रोत्साहन गर्ने पनि तामाङले जनाएका छन्।
मनिष सुब्बा दार्जीलिङ पहाड़का सम्पूर्ण युवाहरूको निम्ति रोल मोडेल रहेको उल्लेख गर्दै आफ्नो प्रतिभा अनि मेहनतको कारण मनिषले जर्मनीमा फुटबल खेल्ने अनि प्रशिक्षण लिने सौभाग्य प्राप्त गरेको जनाउँदै सुब्बालाई बधाई शुभकामना पनि व्यक्त गरे।
सानो गाउँ अनि साधारण परिवारबाट जन्मिएर पनि मनिष सुब्बाले जुन ठूलो उपलब्धि हासिल गरेका छन् यो साच्चै सबै युवाहरूको निम्ति प्रेरणाको श्रोत हो। दार्जीलिङ पहाड़का प्रत्येक युवाहरू यसरी नै विभिन्न क्षेत्रहरूमा अब्बल बनुन् भन्ने हाम्रो चाहना पनि छ। यदि कुनै पनि युवाहरू जुनै क्षेत्रमा भएतापनि यसरी अघि आउँछन् भन् जीटीए हरेक प्रकारको सहयोग प्रदान गर्न सदैव तत्पर रहेको छ, मनिषलाई उपहारहरू प्रदान गरेपश्चात् तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै यसो भने।
विगत केही समयदेखि दार्जीलिङ पुलिस प्रशासनले संगीत, खेलकूदलगायत विभिन्न क्षेत्रहरूमा युवाहरूलाई प्रोत्साहित गर्दै विभिन्न प्रकारको स्तुत्य कार्य गरिरहेको उल्लेख गर्दै पुलिस प्रशासनलाई पनि तामाङले आभार व्यक्त गरे।
यसरी नै विनय तामाङले आफूलाई धेरै क्षेत्रमा सहयोग प्रदान गरिरहेको जनाउँदै मनिष सुब्बाले तामाङलाई धन्यबाद दिए भने दार्जीलिङ पुलिसकै सहयोगमा नै आफूले यति ठूलो उपलब्धि प्राप्त गर्न सकेको जनाउँदै सुब्बाले पुलिस प्रशासनलाई पनि धन्यबाद  दिए। आगामी वर्षदेखि 12 देखि 16 वर्षका 10 जना फुटबल खेलाड़ीहरूलाई प्रशिक्षण प्रदान गर्न जर्मनी लाने दार्जीलिङ पुलिस अनि जीटीएले प्रबन्ध मिलाइरहेको पनि तामाङले बताएका छन्।
उल्लेख्य, पूलबजार, बिजनबारी निवासी 23 वर्षीय मनिस सुब्बालाई उनको फुटबल सम्बन्धि विलक्षण प्रतिभालाई ध्यानमा राख्दै जर्मनीमा केही दिन प्रशिक्षण लिने अनि त्यहाँ कतिपय घरेलु प्रतियोगिताहरू खेल्ने पनि अवसर प्राप्त भएका छन् भने दार्जीलिङ पुलिसले सुब्बालाई जर्मनी लाने सबै प्रबन्धहरू मिलाइरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad