बिजनबारीमा वाहन दुर्घट्ना; एकजनाको मृत्यु तीनजनाको अवस्थाको गम्भीर मोठ 12 जना घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 2, 2018

बिजनबारीमा वाहन दुर्घट्ना; एकजनाको मृत्यु तीनजनाको अवस्थाको गम्भीर मोठ 12 जना घाइते

गफसफ.com, दार्जीलिङ 2 नोभेम्बर|
बिजनबारीमा गाडी दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ भने 12 जना घाइते भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार बिजनबारी बजारबाट रङ्दु बस्तितर्फ गइरहेको बोलेरो क्याम्पर (पिक-अप) दुर्घट्नाग्रस्त हुँदा चालकसँगै 13 जना घाइते बनेका हुन्। जसमध्ये एकजनाको दार्जीलिङ जिल्ला अस्पतालमा मृत्यु भएको खबर प्राप्त भएको छ।

दुर्घट्नामा परेर गम्भीर घाइते बनेकी रङ्दु बस्ती निवासी रेणुका छेत्री (18)को दार्जीलिङ जिल्ला अस्पतालमा मृत्यु भएको खबर प्राप्त भएको छ भने घाइतेहरूमा थप तीनजनाको अवस्था चिन्ताजनक रहेको थाहा लागेको छ।
उक्त दुर्घट्ना दिउँसो 2 बजेतिर भएको हो। बिजनबारी बजारबाट यात्रीहरू लिएर रङ्दु बस्ती जाने क्रममा वाहन बाटोबाट सोझै खोलामा झर्न पुगेको हो। पूलबजारबाट केहि अघि पुगेपछि राजा राममोहन स्कुल नजिक वाहन सडकबाट छोटा रङ्गीत खोलामा झर्न पुगेको हो। जसको कारण वाहनमा सवार सबै घाइते बनेका छन्। वाहन दुर्घट्नामा हुनुको मूल कारण बाटोको दुरावस्त रहेको गाँउलेहरूले आरोप लगाएका छन्।
वाहन दुर्घट्ना भएको हल्ला फैलिन साथै घट्ना स्थलमा स्थानीय मानिसहरू पुगेर उद्धार कार्यमा जुटेका थिए। यसका साथै अग्निसमन विभाग अनि पुलिस कर्मीहरू पनि घट्ना स्थलमा पुगेर घाइतेहरूलाई उद्धार गर्नमा जुटेका थिए। घाइतेहरूको उद्धार पछि बिजनबारी खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो भने चारजनाको अवस्था निकै गम्भीर रहेको कारण दार्जीलिङ जिल्ला अस्पतालमा रेफर गरिएको छ। जहाँ एकजना घाइतेको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
जीटीए बोर्ड अध्यक्ष विनय तामाङले भेटे घाइतेहरू; भने  ‘हरेक प्रकारका सहयोग गर्नेछौँ’
यता वाहन दुर्घट्नामा परेर गम्भीर घाइते बनेकाहरूलाई दार्जीलिङ जिल्ला अस्पतालमा हेर्न जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, विधायक अमरसिंह राई पुगेका थिए। उनीहरूले दुर्घट्नामा परेर घाइते बनेकाहरूलाई हरेक प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन्।
‘बिजनबारीमा आज भएको वाहन दुर्घटनाको खबरले धेरै आहत बनेको छु। उक्त दुर्घटनामा ज्यान गुमाउने 18 वर्षीया रेणु छेत्रीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै मृतक परिवारका सदस्यहरूप्रति सम्वेदना पनि प्रकट गर्दछु। यसबाहेक उपचाराधीन अवस्थामा रहेका घाइँतेहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ विनय तामाङले भनेका छन्।

यसक्रममा उनले आफुसँगै जीटीए उपाध्यक्ष एवं गोजमुमो महासचिव अनित थापा, दार्जीलिङका विधायक अमरसिहँ राई लगायत गोर्खा जनमुक्ति मोर्चाका नेतृत्वहरूले दार्जीलिङ जिल्ला अस्पतालमा निरीक्षण भ्रमण गरेर उपचाराधीन अवस्थामा रहेका सबै घाइँतेहरूबारे जानकारी जुटाएको पनि जानकारी दिएका छन्। ‘जीटीए अनि गोजमुमोको तर्फबाट उपचाराधीन घाइँतेहरूलाई हरसम्भव सहयोग प्रदान गरिनेछ। दार्जीलिङ जिल्ला अस्पतालका कर्तृपक्ष, चिकित्सक, नर्स एवं सम्पूर्ण कर्मचारीहरूलाई पनि घाइँतेहरूको उपचारमा विशेष ध्यान प्रदान गरिदिने आह्वान गर्दछु’ तामाङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad