फिगाको प्रतिनिधी टोलिले भोट्यो राज्यपाललाई; ‘हामीले गोर्खाल्याण्डमो मुद्दा अघि बडाइदिने अपिल गरेका छौँ’- अञ्जनी शर्मा भुजेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 21, 2018

फिगाको प्रतिनिधी टोलिले भोट्यो राज्यपाललाई; ‘हामीले गोर्खाल्याण्डमो मुद्दा अघि बडाइदिने अपिल गरेका छौँ’- अञ्जनी शर्मा भुजेल

गफसफ.com, दार्जीलिङ 21 नोभेम्बर।  
फेडरेशन अफ् इन्डियन गोर्खा एसोसिएसन (फिगा)-को प्रतिनिधी टोलिले राज्यपाल केशरीनाथ त्रिपाठीलाई दार्जीलिङमा भेट गरेको छ। फिगाकी संयोजक अञ्जली शर्मा (भुजेल)को नेतृत्वमा रहेको प्रतिनिधी टोलिले राज्यपाल त्रिपाठीलाई भेट गरेर अलग राज्य गोर्खाल्याण्डको मागसँगै दार्जीलिङ पहाडमा पुलिसी अत्याचार बन्द गर्नुपर्ने माग गरेको छ।
अञ्जनी शर्मा (भुजेल) – संयोजक फिगा
‘राज्यपाल केशरीनात त्रिपाठीलाई भेट गरेर हामीले दुईवटा मुद्दाबारे माग राखेका छौँ। उक्त भेटघाटमा गतवर्ष 29 अगस्त 2017 का दिन पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले नवन्नामा सम्पन्न भएको वैठकमा गोर्खाल्याण्ड संवैधानिक माग रहेको यो आफ्नो अधिकार क्षेत्रमा नपरेर केन्द्रको विषय रहेको स्पष्ट पारेको विषयबारे अवगत गराएका छौँ अनि यस विषयमा केन्द्रलाई अवगतर गराएर उचित पहल गरिदिने अपिल गरेका छौँ’ – अञ्जली शर्मा भुजेलले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्। 
यसैक्रममा उनले दार्जीलिङ पहाडमा चलिरहेको पुलिसी अत्याचारलाई रोक्नका निम्ति राज्यपालको हस्तक्षेपको माग गरेको पनि शर्माले बताएकी छन्। उनले दार्जीलिङ पहाडमा चलिरहेको पुलिसी अत्याचार अनि अगणतान्त्रिक कार्यहरूबारे राज्यपाललाई विस्तृतमा अवगत गराएको बताउँदै यसबारे उनको हस्तक्षेपको माग गरेको जानकारी गराइन्। यसक्रममा उनले आन्दोलनकालमा पुलिसी अत्याचारको सम्पूर्ण रिपोर्ट राज्यपाललाई सुम्पिएको अनि उक्त रिपोर्टलाई राज्यपालले गृहमन्त्रालयमा पठाइदिने आश्वासन दिएको पनि जानकारी दिएकी छन्।
भारतभरीका गोर्खा समुदायसँग जटिड विभिन्न राजनैतिक दल, संघ संस्थाहरू आदिका प्रतिनिधिवर्गहरूलाई लिएर गत 22 अनि 23 सितम्बरका दिन असममा बसेको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलामा सर्वसहमतिले प्रस्ताव पारित गरेर गठन भएको फिगाले यसभन्दा अघि गृहमन्त्रीलाई समेत भेट गरिसकेको छ।
विशेष गरेर भारतीय गोर्खाहरू आफ्नो राष्ट्रिय राजनैतिक परिचयको निम्ति संघर्षरत रहेर आ-आफ्नो पक्षबाट कार्य गर्दै आइरहेको अवस्थामा सबैको मागलाई समाधान गर्नका निम्ति नै एउटा मञ्चमा उभिनलाई फिगा गठन गरेको अञ्जनी शर्मा भुजेलले बताएकी छन्। ‘हामी जब एक हुन्छौँ तब नै हाम्रो शक्ति पनि बलियो हुन्छ। यसैकारण हामीले एकबद्ध बनेर आफ्नो मुद्धालाई शक्तिशाली तरिकाले बडाउन सके त्यो प्रभावकारी हुनेछ। यसका साथै हामी एक भएका छौँ भने बाहिरी शक्तिहरूले हामीलाई आक्रमण गर्न समेत सक्दैन। यसैकारण भारतभरीका गोर्खाहरूको निम्ति छाता सङ्गठनमा फिगा गठन भएर यसले काम गर्न थालेको हो’ उनले भनिन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad