गफसफ.com, नगरकट्टा
21 नोभेम्बर।
आगामी 12 दिसम्बरको दिन कुचबिहारबाट निस्कने भारतीय जनता
पार्टीको रथयात्रा डुवर्सको नगरकट्टामा भव्य स्वागत गरिएने भएको छ। उक्त
रथयात्रामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह उपस्थित रहने भएका छन्।
![]() |
File Photo |
उक्त कार्यक्रमलाई लिएर खण्ड भाजपाले तयारी सुरु गरेको छ।
सोहि दिन नगरकट्टामा एक बिराट राजनैतिक जनसभाको पनि आयोजना हुने भएको छ। सम्भवत त्यसै
जनसभाबाट उत्तर बङ्गालको दार्जीलिङ पहाड लगायत तराई डुवर्समा आगामी लोकसभा चुनावको
निम्ति भाजपाले आफ्नो चुनावी बिगुल फुक्ने तय गरेको छ। यसका साथै उक्त जनसभामा
विभिन्न राजनैतिक दलका नेताहरू पनि भारतीय जनता पार्टीको झण्डा ग्रहण गर्ने
तयारीमा रहेको पार्टी सूत्रले बताएका छन्।
भाजपा अध्यक्ष अमित शाहाको उक्त रथ यात्रालाईलाई भव्यतासँग
स्वागत गर्न अग्रसेन भवनमा भाजपा युवा मोर्चाको वैठक समेत बसेको छ। मङ्गलबार बसेको
उक्त वैठकमा रथयात्राको दिन हुने कार्यक्रमबारे चर्चा परिचर्चा गरिएको थियो। यसअवसरमा
भाजपा युवा मोर्चाको 3 सदस्यीय समुहको खण्ड कमिटि पनि गठन गरिएको छ। कमिटिका
अध्यक्षको रुउपमा रमेश शर्मालाई चयनित गरिएको छ भने उपाध्यक्ष बिजय राई, विशाल
लामा, धिरेन बरूवा अनि सचिवका रूपमा ओमप्रकाश राई अनि अमुल साबरलाई चयनित गरिएको
छ।
No comments:
Post a Comment