हतियारले प्रहार गरी 55 वर्षिय व्यक्तिले गरे आत्माहत्या - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 21, 2018

हतियारले प्रहार गरी 55 वर्षिय व्यक्तिले गरे आत्माहत्या

गफसफ.com, कालेबुङ 21 नोभेम्बर।  
लाभा बजार निवासी कमल राई (55)ले खदुँवाले आफैलाई प्रहार गरेर आत्महत्या गरेको घट्ना प्रकाशमा आएको छ। लाभा बजारदेखि लगभग तीन किलोमिटर टाडामा अवस्थित लाभा सिक्स जङ्गलमा रहेको गोठमा गएर आफैलाई प्रहार गरी आत्माहत्या गरेको पुलिस सूत्रले जानकारी दिएका छन्।
घट्नाको जानकारी पाउन साथ घट्ना स्थलमा पुगेर पुलिसले शवलाई उद्धार गरेको छ भने शवलाई कालेबुङ अस्पतालमा पोस्टमार्टमको निम्ति पठाएको छ। हिज बिहान घरबाट निस्केका उनी लाभा सिक्सको जङ्गलमा अवस्थित गोठ नजिक गएर आत्माहत्या गरेको थप सुत्रले बताएका छन्। 
प्राप्त जानकारी अनुसार एकहप्ता दिनदेखि उनी मानसिक असन्तुलित देखिएको अनि अधिक मात्रमा मदपान सेवन गर्ने गरेका थिए थियो भन्ने थाहा लागेको छ। जसको कारण उनका छोरीहरूले सुधार गृहमा लगेर राख्ने योजना समेत बनाएको जानकारी प्राप्त भएको छ। यद्यपी उनले भने आफु सुधार गृहमा जान अस्वीकार गरेको थियो भन्ने जानकारी प्राप्त भएको छ।
उनका दुईजना छोरीहरू अघिबाटै विवाह भइसकेका छन् भने घरमा केवल उनी आफ्ना पत्नीसँग बस्दै आइरहेका थिए। यस्तो अवस्थामा गत 20 नोभेम्बरका दिन बिहान उनी घरबाट लगभग 9 बजे निस्केका थिए भने राती सम्म नआउँदा उनकी छोरीले फोन गर्दा समेत घरमा आउँदिन भनेका थिए। आज बिहानसम्म उनी घरमा नआएपछि स्थानीय गाउँलेहरूले खोज तलास गर्दा लाभा सिक्समा अवस्थित उनकै गोठ नजिक आत्माहत्या गरेको अवस्थामा मानिसहरूले भेटेको हो।

No comments:

Post a Comment

Post Bottom Ad