टिस्टा नदीमा बन्द रिभर राफ्टिङ चाँढै सञ्चालन हुने प्रशासनिक वैठकमा लिइयो निर्णय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 17, 2018

टिस्टा नदीमा बन्द रिभर राफ्टिङ चाँढै सञ्चालन हुने प्रशासनिक वैठकमा लिइयो निर्णय

'राफ्टिङ सञ्चालन गर्ने मनिटरिङ कमिटिले मापदण्ड तयार पार्नेछ' – विनय तामाङ
गफसफ.com, कालेबुङ 18 नोभेम्बर।
टिस्टा नदीमा साहासिक पर्याटनको रूपमा बिकसित बन्दै गइरहेको रिभर राफ्टिङ बन्द भएको तीन महिना पछि अब सञ्चालनमा आउने निश्चित बनेको छ। लगभ्ग तीन महिना अघि राफ्टिङ दुर्घटनामा परेर महाराष्ट्रबाट आएको एकजना पर्याटकले आफ्नो ज्यान गुमाएपछि बन्द भएको उक्त रिभर राफ्टिङ अब सञ्चालनमा आउने प्राय: निश्चित बनेको हो।
जीटीए बोर्डका अध्यक्ष विनय तामाङको विशेष उपस्थितिमा जीटीएका अधिकारीवर्गसँगै जिल्ला प्रशासन अनि राफ्टिङ सञ्चालकवर्गमाझ एक वैठक सम्पन्न भएपछि आगमी दिनमा चाँढै राफ्टिङ सञ्चालनमा आउने भएको छ। यसबारे वैठकपछि जीटीए बोर्डका अध्यक्ष विनय तामाङले जानकारी दिएका छन्।
‘लगभग तीन महिना अघि टिस्टा नदीमा राफ्टिङ चलिरहेको समय दुर्घट्ना भएर महाराष्ट्रबाट आएको पर्याटकको मृत्यु भएको थियो। त्यसपछि तत्काल टिस्टा नदीमा रिभर राफ्टिङ बन्द गरिएको थियो। त्यसै सन्दर्भमा आज जीटीए प्रशासन, जिल्ला प्रशासन, पुलिस प्रशासन अनि राफ्टिङ सञ्चालकहरूसँग वैठक बसेको हो। यसै वैठकमा आगामी दिनमा टिस्टा नदीमा राफ्टिङ सञ्चालनमा ल्याउने निर्णय लिइएको छ’ जीटीए बोर्ड अध्यक्ष विनय तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
उनले उक्ट टिस्टा नदीमा रिभर राफ्टिङ सञ्चालन गर्नका निम्ति जीटीए प्रशान, जिल्ला प्रशासन, पुलिस प्रशासन मिलेर उटा मनिटरिङ कमिटि गठन गर्ने बताउँदै त्यसभन्दा अघि एउटा ड्राफ्टिङ कमिटि गठन गरेर राफ्टिङ सञ्चालनको मापदण्ड तयार पार्ने पनि तामाङले बताएका छन्। उनले उक्त ड्राफ्टिङ कमिटिमा राफ्टिङ सञ्चालन गर्नेहरूबाट चारजना प्रतिनिधी अनि सीएमओएचलाई पनि समावेश गरेर सम्पूर्ण सञ्चालनको मापदण्ड तयार पार्ने बताएका छन्।
उनले आगामी दश-पन्द्रह दिनभित्रमा रिभर राफ्टिङ सुरु हुने जानकारी दिँदै यसभन्दा अघि जिल्ला प्रशासनले ड्राफ्ट तयार भएपछि आधिकारिन अधिसूचना समेत जारी गर्ने अनि त्यसपछि मनिटरिङ कमिटिले राफ्टिङ सञ्चालयकहरू सम्पूर्ण आवश्यक सामाग्रीहरूले जाँच गर्ने बताएका छन्।
‘राफ्टिङ चढ्नका निम्ति आउने पर्याटकहरूले पनि अबउसो बोण्ड साइन गर्नुपर्छ। यसभन्दा अघि सुरक्षाको उपकरणहरू प्रशासनिक पक्षबाट जाँच गरिनेछ। जसले गर्दा भविष्यमा अचाहिँदो दुर्घट्ना नहोस् भन्ने हाम्रो चाहना छ’ विनय तामाङले भने। यस सन्दर्भमा उनले राफ्टिङ सञ्चालनको निम्ति उत्तरखण्ड सरकारले प्रकाशित गरेको मापदण्डहरूलाई पनि हेर्ने उनले जानकारी दिएका छन् भने आगामी 22 नोभेम्बरका दिन पुन: जिल्लापाल कार्यालयमा ड्राफ्टिङ कमिटिको वैठक हुने जानकारी दिएका छन्।
‘टिस्टा नदीमा जतिजनाले पनि राफ्टिङ चलाएर जीवन यापन गरिरहेका छन् उनीहरूलाई हामी कुनै समस्या हुन दिनेछैनौँ। साथै राफ्टिङ गर्न आएका पर्याटकहरूलाई पनि कुनै पनि समस्या नहोस् भन्ने हामी चाहना हो’ तामाङले भने।
उनले वैठकमा स-साना कुराहरूको व्यापक चर्चा गरेको बताउँदै राफ्टिङको समय टिस्टा नदीमा एनएचपीसीद्वारा नदीको पानी छोड्दा हुने समस्यालाई ध्यानमा राखेर कमिटिमा एनएचपीसीका प्रतिनिधीवर्गलाई समेत समावेश गरिएको उनले बताएका छन्।
अर्कोतर्फ उनले रिभर राफ्टिङले पहाडको पर्याटन उद्योगलाई बडोत्तरी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै पर्याटकको सुरक्षा पहिलो पाथमिकता हुने पनि उनले बताएका छन्। यसक्रममा उनले राफ्टिङ सञ्चालन गर्नेहरूले कुनै पनि मादक पदार्थ सेवन गर्न नपाउने भन्दै यदि मनिटरिङ कमिटिले अचान भ्रमण गरेर जाँच गर्दा मादक पदार्थ सेवन गरेको भेट्टाइएको उनीहरूलो लाइसेन्स रद्द गर्नका साथै कानुनी कार्वाही गरिने पनि तामाङले स्पष्ट पारेका छन्।
कोइरी सञ्चालकहरूको कारण कोइरी सञ्चालनमा विलम्ब
दार्जीलिङ अनि कालेबुङ जिल्लाभित्र रहेका कोइरीहरू सञ्चालनको निम्ति प्रशानको पक्षबाट कार्य भइरहे पनि यता कोइरी सण्ज़्चालन गर्ने एजेन्सिहरूले सरकारले निर्धारित खजना नबुझाएको कारण कुइरी सञ्चालनमा विम्ल्ब भइरहेको जीटीए बोर्ड अध्यक्ष विनय तामाङले बताएका छन्। उनले दार्जीलिङ अनि कालेबुङ जिल्लाभित्र मोठ 63 वटा कोइरीहरू सूचीकृत रहेको बताउँदै त्यसमध्ये कालेबुङ जिल्ला भित्र मात्रै मोठ 27 वटा कोइरी रहेको बताएका छन्।  कालेबुङ जिल्लाका उक्त 27 वटा कोइरी सञ्चालनको निम्ति विभागीय पक्षबाट टेन्डर समेत भएको बताउँदै तीनवटा एजेन्सीले पैसा जमा गरेको अनि अनि अझै दुईवटा एजेन्सीले पैसा जमा नगरेको कारण कोइरी सञ्चालनमा विलम्ब भइरहेको जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad