सलोन कार्थक कृत नियात्रा सङ्कलन ‘गोलार्द्ध घुमाइका रङ्गहरू’ विमोचित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 24, 2018

सलोन कार्थक कृत नियात्रा सङ्कलन ‘गोलार्द्ध घुमाइका रङ्गहरू’ विमोचित

गफसफ.com, कालेबुङ, 24 नोभेम्बर।
सलोन कार्थ कृत नियात्रा सङ्कलन ‘गोलार्द्ध घुमाइका रङ्गहरू’ विमोचन गरिएको छ। यहाँको वर्सिप सेन्टरमा उपमा प्रकाशनको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो। कार्यक्रमका मुख्य अतिथि नरबहादुर दहाल, अध्यक्ष ज्ञान सुतार लगायत अन्य अतिथिवर्गको बाहुलीबाट विमोचन गरिएको हो।
कार्यक्रममा साहित्यकार एडोन रोङ्गोंग, कवि विचन्द्र, देव भण्डारी, सञ्जय विष्ट लगायत विभिन्न ठाउँबाट अन्य साहित्यकारहरूको उपस्थिति  रहेको थियो। यस अवसरमा सिक्किम विश्वविद्यालयका प्रा. देवचन्द्र सुब्बाले प्रकाशित नियात्रा सङ्कलनमाथि आलोचनात्मक टिप्पणी राखेका थिए भने प्रा. वलाराम पाण्डेले  पर्यवेक्षीय टिप्पणी राखेका थिए। 
कार्यक्रममा कवि प्रवीण राई ‘जुमेली’, कवि सुधीर छेत्री अनि कवि राजेन्द्र भण्डारीले कविता वाचन गरेका थिए भने नवीन पौडयालले पनि सम्बोधन राखेका थिए। यस अवसरमा कृतिकार सलोन कार्थकले कार्यक्रमलाई सम्बोधन गर्दै नियात्रा विधामा उक्त कृती आफ्नो पाँचौ कृती रहेको जानकारी गराए।
‘दक्षिण अमेरिका महादेश बाहेक अन्य महादेशहरूबाट मोठ 78 वटा नियात्राहरू प्रकाशमा आएको छ। पहिलो नियात्रा लेखन 1976 देखि सुरु भएर यहाँसम्म आइपुग्दा मेरो यात्रा 42 वर्ष पुगेको छ अनि अझै मेरो यात्रा जारी छ’ कृतीकार सलोन कार्थकले भने। उनले कुनै समय भारतेली नेपाली साहित्य वाङ्मयमा नियात्रा विधा नौलो र अपरिचित विधा थियो भन्दै उक्त नौलो र अपरिचित विधामा केही गर्न पर्ने महशुस भएर केहि योगदान दिनकै निम्ति प्रयासरत रहेको पनि कार्थकले बताए। टिका भाइले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार ज्ञान सुधारले आफ्नो अधिक्षिय भाषण राखेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad