कालेबुङमा प्याराग्लाइडिङ दुर्घट्ना; नेपाल निवासी पाइलटको मृत्यु, पटना निवासी पर्यटक गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 24, 2018

कालेबुङमा प्याराग्लाइडिङ दुर्घट्ना; नेपाल निवासी पाइलटको मृत्यु, पटना निवासी पर्यटक गम्भीर घाइते

गफसफ.com, कालेबुङ  24 नोभेम्बर।
साहसिक पर्याटनको रूपमा बिकसित भइरहेको कालेबुङको प्याराग्लाइडिङ दुर्घट्नाग्रस्त हुँदा पाइलट पुरूषोत्तम तिमसिना (22) को मृत्यु भएको छ भने पर्यटक गौरभ चौधरी (35) घाइते भएका छन्। प्याराग्लाइडिङका पाइलट नेपाल कास्की जिल्ला, पोखरा गण्डकी अञ्चल निवासी हुन् भने घाइते पर्यटक पटना निवासी रहेको थाहा लागेको छ।
File Photo
कालेबुङ पर्यटन स्थल डेलो नजिकबाट दिउँसो 2 बजेतिर पाइलट पुरूषोत्तम तिमसिनाले पर्यटक गौरभ चौधरीलाई लिएर उडान भरेका थिए। सोही अवधी आकाशमा अचानक हावाको गती परिवर्तन हुँदा पाइलटलाई ल्याण्ड गर्न समस्या सिर्जना भएको थियो। जसको कारण उनले अनेकौँ प्रयास गरेर सकुशल ल्याण्ड गर्ने प्रयास गर्दा गर्दै उक्त प्याराग्लाइडिङ रूखमा ठोक्किन पुग्दा पाइलटको झरेर मृत्यु भएको छ भने पर्यटकको एउटा खुट्टा भाँच्चिएको छ।

प्राप्त जानकारी अनुसार महेन्द्र कम्पनीका 12 सदस्यीय टोली कालेबुङ घुम्नका निम्ति आएका थिए। यसैक्रममा उनीहरू मध्ये 7 जना डेलो घुम्न गएका थिए भने त्यसमधे दुईजनाले प्याराग्लाइडिङ गरेका थिए। सोही अवधी पाइलट पुरूषोत्तम तिमसिनाले उडान भरेको प्याराग्लाइडिङ हावाको वेगले हिर्काउँदा नियन्त्रण गुमाएपछी एउटा रूखमा ठोक्किन पुगेको थियो। आकाशमा उडान भरीरहेको उक्त प्याराग्लाइडिङ ल्याण्ड हुने क्रममा रूखमा ठोक्किएपछी पाइलट सोझै भुँइमा झर्दा टाउको गम्भीर चोट लागेको कारण उनको मृत्यु भएको छ भने पर्यटक चौधरीको भने एउटा खुट्टा भाँच्चिएर बाँचेका छन्।
प्याराग्लाइडिङका मृतक पाइलट पुरूषोत्तम तिमसिनाले मनालीबाट प्याराग्लाइडिङको प्रशिक्षण समेत लिएका थिए। प्रशिक्षण प्राप्त पाइलट तिमसिनाले यहाँको डेलोमा अवस्थित टेन्डोङ प्याराग्लाइडिङमा पाइलटको रूपमा तीनवर्षदेखि कार्यरत रहेका थिए। आज दिउँसो उडान भरेपछी हावाको वेग परिवर्तन हुँदा दुर्घट्नामा परेर उनको मृत्यु भएको हो। मृतक पाइलटको शवलाई कालेबुङ अस्पतामा राखिएको छ भने भोमि पोस्टमार्टम पछी परिवारपक्षलाई शव सुम्पिने जानकारी प्राप्त भएको छ।
यता उक्त दुर्घटनापछि घाइते पर्यटकका साथी निर्मल द्वीवेदीले पत्रकारहरूसँग बोल्दै उक्त दुर्घट्ना दुर्भाग्यजन रहेको बताउँदै आफुहरू घुम्नका निम्ति कालेबुङ आउने क्रममा साथीहरू प्याराग्लाइडिङ गर्दा यसरी दुर्घट्ना भएको बताए। दुर्घट्नाको समय आफुहरू साथमा नरहेको बताउँदै दुर्घट्नापछी फोन मार्फत जानकारी पाएपछि अस्पताल आएको उनले बताएका छन्। यसक्रममा उक्त घट्ना सम्बन्धि थानामा प्राथमिकी दर्ता गर्ने पनि उनले जानकारी दिएका छन्।
अर्कोतर्फ यता कालेबुङ प्यारा ग्लाइडिङ एसोसिएसनका सचिव दिपेन तामाङले उक्त घट्ना दुर्भाग्यजनक रहेको बताउँदै मृतक पाइलटले पर्यटकलाई सकेसम्म बचाउने प्रयास गरेको बताएका छन्। उनले घाइते पर्याटकलाई प्याराग्लाइडिङ एसोसिएसनको पक्षबाट सिलगडीको नर्सिङ होममा लगेर उपचार गर्ने पनि बताएका छन्। ‘पाइलटले पर्यटकलाई सकेसम्म सकुशल ल्याण्ड गराउने प्रयास गर्दा गर्दै दुर्घट्ना भयो। जुन दुर्घट्नामा हाम्रा प्याराग्लाइडिङको पाइलटको ज्यान समेत गएको छ’ एसोसिएसनका सचिव दिपेन तामाङले भने।

2 comments:

Post Bottom Ad