मेरिकम छैटौँपल्ट बनिन् विश्व च्याम्पिया - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 24, 2018

मेरिकम छैटौँपल्ट बनिन् विश्व च्याम्पिया

गफसफ.com, नयाँ दिल्ली 24 नोभेम्बर।
भारतीय सुपरस्टार एम.सी मेरिकम (48 किलोग्राम) ले आफ्नो अनुभवको दममा शनिवार केडी जाधव हलमा दसौँ महिला विश्व मुक्केबाज च्याम्पियनसिपको फाइनलमा युक्रेनकी युवा हाना ओखोटालाई 5-0 ले पराजित गरेर छैटौँपल्ट विश्वच्याम्पियन बनेकी छन्।


मेरिकमले यसका साथै क्यूबाका महान पुरूष मुक्केबाज खेलाडी फेलिक्स सेवोनको छैटौँपल्ट विश्व च्याम्पियनको रेकर्ड बराबरी गरेकी छन्। यसभन्दा अघि उनले आयरलेंडको केटी टेलरसँग पाँचौपल्ट विश्व च्याम्पियन रेकर्डको बराबरीमा थिइन्।
खेलको पहिलो राउण्डमा मेरिकमले देब्रेहातले सिधा प्रहार गरेर सुरुआत गरेकी थिइन्।त्यसपछी उनले विपक्षी खेलाडीलाई एकचोटी पनि मौका दिने गल्ती गरेनन्। यसका साथै उनले बिचमा जोडले प्रहार गरेर पाँचैजना जजबाट अङ्क हासिल गरिन्। यसक्रममा दुवै एकार्कमाथि लडेकी पनि थिइन्।
खेलको द्रोस्रो राउण्डमा कोचको सल्लाह अनुसार हानाले आक्रमक बन्ने धेरै कोशिस गरिन् तर, विश्वच्यामपियन मेरिकमले उनलाई कुनै मौका दिइनन्। यसक्रममा युक्रेनकी खेलाडीले पनि एकदुईवटा लगाएको मुक्काले अङ्क बटुल्न सक्षम बनेकी थिइन भने उनके एकदुईवटा सर्ट जित्नका निम्ति पर्याप्त भएन। जसको कारण आखिरमा मेरिकमले खिताम आफ्नो नाउँमा गर्न सक्षम बनेकी हुन्।
उनले विश्व च्याम्पियनको खिताब जित्न साथ खुशीको आँशु रोकिएको थिएन। यसैक्रममा उनले उक्त विश्व च्यामियनको खिताब देशलाई समर्पित गरेकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad