श्रोताहरूमाझ गजलको ‘सौगात’ लिएर आइपुगे महेश सेवा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 25, 2018

श्रोताहरूमाझ गजलको ‘सौगात’ लिएर आइपुगे महेश सेवा

गफसफ.com, खरसाङ 25 नोभेम्बर। 
नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक महेश सेवाको नयाँ गजल एल्बम सार्वजनिक गरिएको छ। आईतबार तीनधारेमा आयोजिक एक कार्यक्रममा उनको नयाँ गीति एल्बम (गजल) ‘सौगात’ सार्वजनिक गरिएको हो।

 हरिप्रसाद छेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा वरिष्ठ संगीतकार मणिकमल छेत्री प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्सक्रममा विशिष्ट अतिथिको रूपमा संगीतकार कर्म ग्याल्छेन बम्जन, स्रष्टा विचन्द्र प्रधान, गायक थुप्देन भोटिया, कर्म शेर्पा, विजय चामलिङ लगायत अन्यहरू उपस्थित थिए। यसैक्रममा मुख्य अतिथि, विशिष्ट अतिथि अनि अन्य अतिथिसँगै गायक सेवाकी आमा पूर्ण सेवाको बाहुलीबाट उक्त गजल गीति एल्बम बिमोचन गरिएको हो
युवराज सुन्दासले सञ्चालन गरेको सुप्रेम छेत्रीले सवागत सम्बोधन राखेका थिए। साहित्यकारसँगै संगीतकारहरूको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम खुबै रोचक बनेको थियो। यस अवसरमा म्युजिक तीनधारेको सांगीतिक प्रस्तुतिमाझ गायकहरू राकेश लामा, बरूण रसाईली, कर्म मोक्तान, सन्तोष लामा र ऋषिका छेत्रीले आफ्नो गायन प्रस्तुती दिएका थिए भने नयाँ गजल गीति एल्बम ‘सौगात’बाट गायक महेश सेवाले दुईवटा गजल गायन पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार मणिकमल छेत्रीले धेरै गायक गायिकाहरूका लागि प्रेरणाको स्रोत बनिसकेका गायक महेश सेवाबाट सांगीतिक कोशेली यसरी नै आईरहोस् भन्दै तिनीबाट समाजले योगदान पाईरहेको होस् भनी कामना गरे। उनले अघि भने-‘गजल नेपाली सांगीतिक क्षेत्रमा आएको बेसी भएको छैन, गजल लेखनमा अलिक बेसी भएपनि नेपाली गजलको संगीतमा भने एकरूपता आएको छैन, नेपाली गजलको संगीतमा एकरूपता आउन ठोस निर्णय आएको हुनुपर्छ।’
कार्यक्रममा सौगात एल्बमको संगीतकार कर्म ग्याल्छेन बम्जनलाई आयोजक समिति तीनधारेको तर्फबाट सम्वर्द्धना जनाइएको थियो। यस अवसरमा सभाध्यक्षद्वारा खदार्पण अनि प्रमुख अतिथिद्वारा नेपाली टोपी अनि विशिष्ट अतिथि बिजय चामलिङद्वारा शल ओढ़ाएर सम्वर्द्धना पत्र पर्दान गरी सम्मान् गरियो।

No comments:

Post a Comment

Post Bottom Ad