अलगडा बजारमा हाट सेडको शिल्यान्यास; अनित थापाले भने –‘कालेबुङमा पहिला जति नरीवल फुट्यो त्यति विकास भएन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 20, 2018

अलगडा बजारमा हाट सेडको शिल्यान्यास; अनित थापाले भने –‘कालेबुङमा पहिला जति नरीवल फुट्यो त्यति विकास भएन’

गफसफ.com, कालेबुङ 20 नोभेम्बर।
कालेबुङमा नरीवल चाहीँ धेरै फुट्यो तर, नरिवल जति फुट्यो त्यति कार्य चाहीँ भएन’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले भनेका हुन्। उनले अलगडामा मोठ 3 करोड 28 लाखको लागतमा निर्माण हुने हाट सेडको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ईशारा-ईशारामा विमल गुरुङले विगतका दिनहरूमा शिल्यान्यास कार्यहरूमा फुटाएका नरीवल सम्बन्धि व्यङ्ग्य कस्दै भनेका थिए।


यसक्रममा उनले विगतका दिनहरूको तुलनामा अहिलेघरी धेरै विकास कार्यहरू भइरहेको अनि कतिपय कार्यहरू त समापन भएर जनताले उपभोग समेत गर्न लागेको दाबी गरे।
उनले मङ्गलबार शिल्यान्यास गरेको उक्त हाट सेडको तल्लो तलामा गाडी स्ट्याण्ड हुनेछ भने माथिल्लो तलामा पसलहरू हुनेछ। माथिल्लो तलामा कूल 30 वटा पसलहरू राख्न सकिने गरी बिल्डीङको निर्माण गरिने भएको छ।
अलगडा बजारमा अवस्थित पुरानो हाट सेडलाई हटाएर सोही स्थानमा नै उक्त बिल्डीङ निर्माण गरिने छ। शिलान्यास कार्यक्रमपछि अलगडा सामुदायिक भवनमा एउटा कार्यक्रम पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रमलाई 37 नम्बर समष्टीका अध्यक्ष बसन्त राईले अध्यक्षता गरेका थिए भने विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अनित थापाले विगतमा जति शिलान्यास गरियो त्यति कार्य नभएको बताए। यसक्रममा उनले ठेकादारहरूलाई गुणस्तरीय कार्य गर्नुपर्ने निर्देश दिँदै राम्रो कार्य देखेर नै जनताहरूको विश्वास जित्न सकिने पनि बताए।
अर्कोतिर क्षेत्रीय पूर्व सभासद कल्पना तामाङले हाट सेड कम स्ट्याण्डले धेरै नै फाइदा पुग्ने बताइन्। निर्माणपछि स्थानीयलाई मात्र नभएर विभिन्न स्थानबाट हाट लगाउन आउने तथा हाट भर्न आउने मानिसहरूलाई पनि धेरै फाइदा पुग्ने पनि तिनले बताएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad