जिल्ला प्रशासन अनि बाल सुरक्षा अभियानको आयोजनामा विश्यव्यापी बाल अधिकार दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 20, 2018

जिल्ला प्रशासन अनि बाल सुरक्षा अभियानको आयोजनामा विश्यव्यापी बाल अधिकार दिवस पालन


गफसफ.com, कालेबुङ 20 नोभेम्बर।
कालेबुङ जिल्ला प्रशासन अनि बाल सुरक्षा अभियानको संयुक्त आयोजनामा विश्वव्यापी बाल अधिकार दिवस पालन गरिएको छ। यस अवसरमा कालेबुङ जिल्ला एवम् सत्र न्यायलयका न्याधिश अतनु रोय मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा उप जिल्लापलद्वय हरिशंकर पाणीकर अनि अब्दुल रखिब शेख उपस्थित रहेका थिए। यसैक्रममा कालेबुङ महकुमा अधिकारी डा. अभिजित शिवाले, पुलिस डीएसपी सरिता परियार, नगरपालिका अध्यक्ष रवी प्रधान आदिको उपस्थिति रहेको थियो


विश्वव्यापी बाल अधिकार दिवसको अवसरमा विशेष गरेर बाल अधिकारबारे मानिसहरूमा सचेतना गराउनका निम्ति शहरमा र्‍याली समेत निकालिएको थियो। टाउनहल परिसरमाबाट निकालिएको उक्त सचेतना र्‍यालीमा विभिन्न विद्यालय, कालेबुङ महाविद्यालय, क्लुनी महाविद्यालय, बालसुरक्षा अभियान आदिका विद्यार्थीवर्गले प्ला कार्डहरू बोकेर शहर परिक्रमा गरेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad