जनताको भीड कुनै समय छुट्न सक्छ, यसैले जनताको मन जित्ने काम गर्नुपर्छ – अनित थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 20, 2018

जनताको भीड कुनै समय छुट्न सक्छ, यसैले जनताको मन जित्ने काम गर्नुपर्छ – अनित थापा

गफसफ.com, कालेबुङ 21 नोभेम्बर।
‘हामीले गोर्खाल्याण्डको कहिल्यै विरोध गरेनौँ यो आन्दोलन गर्ने तरिका ठिक भएन भनेका थियौँ। पहिला गोर्खाल्याण्डको जुन प्रजातान्त्रिक आन्दोलन भएको थियो त्यसबेला म आफै जेल बसेको हुँ। हामी प्रजातान्त्रिक प्रकारको आन्दोलनलाई अहिले पनि साथ दिनेछौँ। तर आन्दोलन गर्ने तरिका ठिक हुनपर्छ अनि आन्दोलनलाई डोहोर्‍याउने नेता पनि ठिक हुनपर्छ’ उक्त कुरा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले मङ्गलबार अलगडामा हाट शेडको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।
‘हामीले जुनबेला आन्दोलन गर्ने तरिका ठिक नहुँदा विरोध गरेका थियौँ त्यसबेला स्थिति निकै कठिन थियो। हामी भावानात्मक बनेर लागीपरेका थियौँ। यसकारण हाम्रो निम्ति त्यो भावानात्मक रूपमा अघि बडेकाहरूलाई अर्कोतर्फ घुमाउनु हाम्रो निम्ति फलामको चिउरा चपाउनु जस्तै थियो’ अनित थापाले अझ भने –‘हाम्रो मानिसहरूको अवस्था बिग्रेको कारण कसै न कसैले रिस्क लिनै पर्ने थियो। किन भने यस्तो अवस्थाले हो भने हाम्रो जाति र पहाडलाई खाल्डोमा हाल्नेछौँ अनि त्यसको जिम्मेवारी हामी पनि हुनेछौँ भन्ने लागेको थियो। सोहिकारण हामीले रिस्क उठाएका हौँ।’
उनले आन्दोलनको समय त्यसबेला मानिसहरूलाई बुझाउँदा बुझाउनु सक्ने अवस्था नरहेको भन्दै आफ्नो जातिको भविष्य अँध्यारोतर्फ धकेलिरहेको कारण नै विनय तामाङ र आफुले रिस्क उठाएको उनले खुलस्त पारे। ‘हाम्रो सम्पूर्ण गोर्खाहरूको चाहना नै गोखाल्याण्ड हो। तर कसरी माग्नु पर्ने, कसलाई माग्नु पर्ने भन्ने बुझेर माग्नुपर्छ। माग्ने कुनै नेता निस्के कसरी माग्छौ, तरिका के छ, जनताले दुख पाउँछ कि पाउँदैन भन्ने कुरा पनि सबै सोध्नुपर्छ। आवेशमा आएर हुच्चिनु हुँदैन’ थापाले भने। यसक्रममा उनले एकवर्षको अवधीमा पहाडका सम्पूर्ण व्यवस्थाहरू फेल भएको देखेको भन्दै उक्त बिग्रेको व्यवस्थाहरूलाई ठिक पार्न समेत गाह्रो पर्ने अवस्था रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनतालाई आफुहरूसँग जोडिएर राख्नका निम्ति काम गरेर उनीहरूको मन जित्नुपर्ने पनि बताएका छन्। यसक्रममा उनले आफुहरूसँग धेरै चुनौति रहेको बताउँदै आफुहरूसँग आएको भीड समेत कतिपय बाध्यताले आएको स्वीकार गरेका छन्।
हामीसित मान्छेको शरीर मात्र आएको छ अब उनीहरूले मन जित्नुपर्नेछ। यो आएको भीडमा कोही डरले आएका छन्, कोही पुलिसबाट बाँच्नका निम्ति आएका छन्। कोही यिनीहरूले केही गर्छकी भनेर पनि आएका छन्। यो भीड सबैले माया गर्छ भन्ने ग्यारेन्टी छैन। हाम्रो नेतृत्वहरू पनि भीड देखेर झुक्किनु हुँदैन। भीडले कुनै पनि बेला साथ छोड्नसक्छ। अनित थापाले भने। यसक्रममा उनले जनताको उक्त भीडलाई साथमा राख्नका निम्ति आफुहरूले गर्ने कार्य सबै ठिकहुनपर्ने अनि काम गरेर नै जनताको मन जित्नुपर्ने अन्य नेतृत्ववर्गलाई पनि थापाले सुझाव दिएका छन्।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad