गोर्खे चेली सबिना राईले मुम्बई हाफ म्याराथनमा ओगटिन् पहिलो स्थान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 18, 2018

गोर्खे चेली सबिना राईले मुम्बई हाफ म्याराथनमा ओगटिन् पहिलो स्थान

गफसफ.com, मुम्बई 18 नोभेम्बर।
गोर्खे चेली सबिना राईले टिम रन विथ रोश्नीबट मुम्बईमा आयोजित डब्ल्युएनसी नवी हाफ म्यारथन (WNC Navy Half Marathon) मा पहिलो स्थान हासिल गरेकी छन्। उनले 21.1 किलोमिटरको खुल्ला म्यारथन दौड प्रतियोगिता 1 घण्डा 36 मिनटमा पुरा गरेर पहिलो स्थान प्राप्त गर्नका साथै भारतीय गोर्खाहरूको नाउँ उच्च गरेकी छन्।
देशभरीका विभिन्न स्थानबाट आएका प्रतियोगिहरूलाई सबिना राईले उछिनेर पहिलो स्थान हासिल गर्न सक्षम बनेकी हुन्। सबिना राईपछि सयरी डाल्मीले 1 घण्टा 42 मिनटमा दौड पुरा गरेर दोस्रो स्थान हासिल गरेकी छन् भने शोभा देशाईले 1 घण्टा 46 मिनटमा दौड पुरा गरेर तेस्रो स्थान हासिल गरेकी छन्।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

1 comment:

Post Bottom Ad