आर.आई.डी.एफ-को निर्माणाधीन बाटो पुरा नभएपछी मानिसहरू समस्यामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 27, 2018

आर.आई.डी.एफ-को निर्माणाधीन बाटो पुरा नभएपछी मानिसहरू समस्यामा

गफसफ.com, कालेबुङ 27 नोभेम्बर।
आरआईडीएफ योजना अन्तर्गत निर्माणाधीन दुईवटा सडकहरू निर्धारित समय सिमा समापन हुँदा समेत पूर्ण नभएपछी मानिसहरूले समस्या भोग्न परेको कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले बताएका छन्। यसै सन्दर्भमा उनले जिल्लापाललाई भेट गरेर ज्ञापन सुम्पिएको छ।

विशेष गरेर कालेबुङ शहरदेखि केहि टाडामा अवस्थित शितलबनदेखि परमानसिंह प्राथमिक पाठशालासम्म पुग्ने 5 किलोमिटरको सडक अनि दन्ते गाउँदेखि लोवर दन्तेगाउँ जाने 9 किलोमिटर पुग्ने स्सडक निर्धारित समयमा पुरा नभएको छेत्रीले बताएका छन्। जसको कारण उक्त बाटो भएर हिँड्ने मानिसहरूले समस्या भोग परिरहेको उनको आरोप रहेको छ।
यस विषयमा अघिबाटै उनले कालेबुङ जिल्लापाललाई भेट गरेर उजुरी दर्ता गरेपछी जिल्लापालले स्थलगत भ्रमण गरेर सम्बन्धित निकायलाई कार्य गर्ने निर्देश दिएर काम सुरु भएपनि पुन: पछिबाट काम पूर्णरूपले बन्द रहेको उनले बताएका छन्स। जसको कारण छेत्रीले पुन: जिल्लापाललाई भेट गरेर उजुरी दर्ता गरेका छन्। निर्धारित समय समापन भएर पनि वर्षदिन भन्दा धेर समय बितेको भन्दै उनले उक्त बाटो निर्माण कार्यपूर्ण नहुनुले जनताको पैसा दुरूप्रयोग भइरहेको आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad