जीटीएलाई आईटीआई टुङ्गमा नियुक्ति दिने क्षमता प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, November 27, 2018

जीटीएलाई आईटीआई टुङ्गमा नियुक्ति दिने क्षमता प्रदान


गफसफ.com, दार्जीलिङ 27 नोभेम्बर।
टुङ्ग खर्साङमा अवस्थित आइटीआईमा रहेका रिक्त पदहरूमा नियुक्ति गर्ने क्षमता जीटीएलाई दिएको छ। उक्त विषयमा दार्जीलिङका विधायक अमरसिंह राईले जानकारी दिएका छन्।
पश्चिम बङ्गाल सरकारद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई आइटीआई टुङ्ग, खरसाङमा रहेका रिक्त पदहरूमा नियुक्ति प्रदान गर्ने क्षमता प्रदान गरिएको छ जो आजभन्दा अघिसम्म दार्जीलिङ पहाड़को कुनै पनि व्यवस्थालाई उक्त क्षमता प्रदान गरिएको थिएनविधायक राईले भने।  
गत बिहीबारको दिनमात्र विधानसभाको प्रश्नकालीन सत्रमा विधायक अमरसिहँ राईले आइटीआई टुङ्गको दुरावस्थाहरूबारे प्रकाश पार्दै त्यहाँ रहेका रिक्त पदहरूमा चाडै  नियुक्ति प्रदान गरिनुपर्ने तथा संस्थानको व्यवस्थापन गरिनुपर्ने तर्क राखेका थिए। विधायक अमरसिहँ राईको उक्त तर्कपछि विधानसभामा मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले यथाशीघ्र उक्त समस्याको समाधान गरिने आश्वासन प्रदान गरेकी थिइन्।
विधानसभामा माग उठाएको साता दिन पनि नबिती लगत्तै पश्चिम बङ्गाल सरकारले टुङ्गको आईटीआई कलेजमा नियुक्ति प्रदान गर्नको निम्ति जीटीएलाई विशेष अधिकार प्रदान गर्दै अध्यादेश जारी गरेको छ। राज्य सरकारद्वारा जारी गरिएको उक्त अध्यादेशमा स्पष्टरूपमा जीटीएलाई आइटीआई टुङ्गको नियुक्ति प्रक्रिया आफ्नो हिसाबले गर्न सक्नेछ भन्ने लेखिएको छ।
‘आईटीआई टुङ्गको दुरावस्थालाई समाधान गर्ने दिशामा यति शीघ्र राज्य सरकारले स्वागतयोग्य पदक्षेप उठाइदिएकोमा समग्र दार्जीलिङ पहाड़वासीको पक्षमा आभार व्यक्त गर्दछु। दार्जीलिङ पहाड़को विकास, व्यवस्थापनको दिशामा राज्य सरकार एवं माननीय मुख्यमन्त्री महोदयाको तर्फबाट शिक्षा, पर्यटन, रोजगारलगायत सबै क्षेत्रहरूमा यस्तै सकरात्मक सहयोग भविश्यमा पनि प्राप्त हुनेछ भन्ने हामी पूर्ण विश्वस्त पनि छौं’ विधायक राईले भनेका छन्।   
स्मरण रहोस्, आइटीआई टुङ्गमा कूल 6 वटा शिक्षक पदहरू रहेका छन् जसमा अहिलेसम्म चारजना पार्ट टाइम शिक्षकहरूमात्रै रहेका छन्। यसैकारणले गर्दा उक्त संस्थानको अध्यापन कार्यमा धेरै समस्याहरू रहिआएको छ। यसबाहेक अन्य वर्गका कर्मचारीहरूको पनि नियुक्ति गरिनु अत्यन्त आवश्यक रहिआएको छ।
जीटीएले यथाशीघ्र अब सरकारी औपचारिकताहरू पूरा गरी मापदण्डअनुसार नियुक्ति प्रक्रिया शुरू गरेर आइटीआई टुङ्गको पुरानो गरिमालाई फेरि फर्काइ ल्याउने कार्य गर्नेछ।

No comments:

Post a Comment

Post Bottom Ad