कालेबुङ कृषक कल्याण सङ्गठनले आगामी प्रत्येक चुनावमा भाग लिनेछ – विष्णु छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, November 26, 2018

कालेबुङ कृषक कल्याण सङ्गठनले आगामी प्रत्येक चुनावमा भाग लिनेछ – विष्णु छेत्री

गफसफ.com, कालेबुङ 26 नोभेम्बर।
कालेबुङ कृषक कल्याण सङ्गठनले आगमी दिनमा प्रत्येक चुनावमा भाग लिने घोषणा गरेको छ। कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले एक पत्रकार सम्मेलनको आयोजना गरेर आय उक्त घोषणा गरेका हुन्। सङ्गठनको प्रेक्षागृहमा आयोजित प्रतिनिधी सभामा प्रस्ताव ग्रहण गरेपछी उनले आगमी दिनमा सङ्गठनले चुनावी राजनीतिमा भाग लिने घोषणा गरेका हुन्।
‘एकातिर नगरपालिका चुनाव हुँदा अर्कोतिर पञ्चायत चुनाव हुँदैन। यसैकारण गाउँमाथि जुन हेला होँचो भएको छ त्यसको पराकाष्ट नाघेको छ। त्यसैले गर्दा सङ्गठनले अब आउने हरेक चुनावमा भाग लिने निर्णय लिएका छौँ’ विष्णु छेत्रीले घोषणा गर्दै भने।
उनले प्रतिनिधी सभामा मोठ चारवटा प्रस्ताव पारित गरेको भन्दै विविध समस्याहरू विषयमा चर्चा परिचर्चा गरेपछी चुनाव लड्ने प्रस्ताव पनि पारित गरेको जानकारी दिएका छन्। ‘आजको प्रतिनिधी सभामा हामीले हाम्रो हक अधिकार र भिष्यसँग जडित विषय सम्बन्धि चर्चा गर्‍यौँ। जसको फलस्वरू आगामी दिनमा कृषकहरूको एउटा प्रतिनिधी टोलि दिल्ली गएर भारतका प्रधानमन्त्री अनि गृहमन्त्रीलाई भेट गर्ने निर्णय लिएका छौँ’ विष्णु छेत्रीले भने।
यसैक्रममा लगभग 18 वर्षयता दार्जीलिङ अनि कालेबुङ जिल्लामा अहिलेसम्म पञ्चायत चुनाव नभएको बताउँदै सोहि विषयमा पश्चिम बङ्गालसरकारसँग भेटघाट र चर्चा गरेको अनि राज्यसरकारबाट कुनै पहल नहुँदा उच्च न्यायालयमा गएको उनले बताए। उच्च न्यायालयमा पुगेपछी न्यायालयले पञ्चायत चुनावको आदेश दिँदा समेत पञ्चायत चुनाव नभएको भन्दै उनले उक्त मुद्दालाई सर्वोच्च न्यायालयमा पुर्‍याउन आवेदन गरेको पनि जानकारी गराए।
उनले सोहिक्रममा कालेबुङ जिल्ला गठनपछि जिल्ला परिषदको चुनावको निम्ति संविधान संशोधनको आवश्यक्ता रहेको भन्दै यस विषयमा समेत केहि नहुँदा गृहमन्त्रालयलाई आर.टी.आई गरेपछि सम्पूर्ण जानकारी आफुहरूलाई प्राप्त भएको पनि उनले बताए। यसक्रममा उनले आगमी संसदको सत्रमा संविधान संशोधन गरेर पहाडमा पञ्चायत चुनावको निम्ति दबाव सिर्जना गर्ने स्पष्ट पारेका छन्।
अर्कोतिर उनले गतवर्षको आन्दोलनकालमा बेन्सवर्ग चियाकमानमा फाइरिङ हुँदा पुलिसको मृत्यु भएको अनि कालेबुङ थानामा बम बिस्फोटको घट्नालाई लिएर एन.आई.ए जाँच कमिटि बनिएको अनि अहिलेसम्म एनआईको रिपोर्ट समेत नआएको भन्दै उक्त रिपोर्ट पनि सार्वजनिक गर्नुपर्ने सङ्गठनमा महासचिव विष्णु छेत्रीले माग गरेका छन्। ‘जोसुकै दोषी होस् उनीमाथि कार्वाही हुनपर्छ अनि एन.आई.ए जाँचको रिपोर्ट सार्वजनिक हुनपर्छ’ विष्णु छेत्रीले भने। यस सन्दर्भमा कानुन मन्त्रालयले कार्वाही गर्नुपर्ने माग गरेका छन्।
यसैक्रममा छेत्रीले सन् 1956 मा ल्याण्ड एबजर्भ एक्ट अनुसार जनजातिको मान्यता खोसिएको अनि त्यसपछी इनरलाईन परमिट लागु भएको बताउँदै त्यसै कानुनको धार 4 अनुसार यहाँको जमीन किनबेच गर्न नपर्ने स्पष्ट उल्लेख भएको भन्दै यहाँ संविधानले दिएको कानुनलाई उल्लंघन गर्ने कार्य भएको दाबी गरेका छन्।
भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad