फाँसीदेवामा फेला पर्‍यो शक्तिशाली बिस्फोटक; सेनाले बिस्फोट गरेर पार्‍यो निष्क्रिय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 23, 2018

फाँसीदेवामा फेला पर्‍यो शक्तिशाली बिस्फोटक; सेनाले बिस्फोट गरेर पार्‍यो निष्क्रिय

गफसफ.com, सिलगडी  22 नोभेम्बर। 
सिलगडी संलग्न फाँसीदेवा स्थित भारत-बङ्गलादेश सिमान्त क्षेत्रको एउटा क्यानलमा प्राप्त 81 एमएसमको मोर्टार सेल (बम) फेला परेको 30 घन्टापछि निष्क्रिया गरिएको छ। सेनाको सहयोगमा आखिरमा उक्त बमलाई निष्क्रिय गरिएको हो।
चटेरहाट नजिक क्यानलको किनारामा एउटा ठूलो खाडल खनेर चारैतर्फबाट बालुवा लगाएको बोराको थाकले ढाकिएको थियो। त्यहीँ खाडलमा उक्त बम बिष्फोट गरेर निष्क्रिय गरिएको हो। यस अवधी घट्ना स्थलमा पुलिस, सीआईडी अनि बिएसएफका उच्च पदस्थ अधिकारीवर्ग समेत उपस्थित रहेका थिए। यद्यपी उक्त अत्यन्तै शक्तिशाली बम कहाँबाट यहाँ आएको हो भन्ने विषयका कसैले केहि भन्न सकिरहेका छैनन्। 
प्राप्त जानकारी अनुसार उद्धार गरिएको उक्त बम धेरै शक्तिशाली रहेको थियो। जुन मोर्टार शेल (बम) सेनाले दुशमनको अड्डा ध्वस्त पार्नेकाममा प्रयोग गर्ने गरेको सूत्रले बताएका छन्। तर, अचानक चारवटा शक्तिशाली मोर्टार शेल उक्त क्षेत्रमा कहाँबाट आयो भन्ने कुराले सुरक्षा एजेन्सिहरूलाई चिन्तामा डुबाएको छ।
उल्लेख्य रहोस्, कि बुधबार बिहान फाँसीदेवा थाना अन्तर्गत निजबाडीभएर जाने महानन्द क्यानलमा चारवटा मोर्टार (बम) देखिएको थियो। उक्त विषयमा जानकारी पाउनसाथ फाँसीदेवा थाना प्रभारी सुजीत लामासँगै अन्य अधिकारीवर्ग घट्ना स्थलमा पुगेका थिए। त्यसपछि तत्कालै दार्जीलिङ जिल्ला पुलिसको डीएसपी (ग्रामीण) प्रवीर मण्डल पनि आइपुगेका थिए। त्यसपछि उक्त क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेराबन्दई गरेका थिए। यसका साथै बीएसएफका उच्च अधिकारीवर्गले समेत घट्ना स्थलको नजर बनाएर राखेको थियो भने सेनाको टीम घट्ना स्थलमा आइपुगेको थिएन। जसबारे जिल्ला प्रशासनले सेनालाई मोर्टार शेल प्राप्त भएको घट्नाबारे जानाकारी दिएको थियो।

विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार मोर्टार शेल खुबै शक्तिशाली भएको कारण दिल्लीका उच्च अधिकारीवर्गको मञ्जुरी बिना सेनाले सोझै हस्तक्षेप गर्न नसक्ने थियो। यसैकारण बिहिबार सेनाको टोलि घट्ना स्थलमा आइपुगेनन् तर, घट्नाको सम्पूर्ण जानकारी भने सेनाले लिने कार्य गरिरहेको थियो। अर्कोतर्फ बीएसएफ अनि राज्य पुलिसले खुफिया विभागका अधिकारीवर्गले पनि घट्ना स्थलमा कडा नजर बनाएर राखेका थिए।
शुक्रबार बिहान सेनाको दिल्ली मुख्यालयबाट हरियो झण्डा पाउनेसाथ सेनाको विशेष टोलि बम निरोधन दस्ताको साथ घट्ना स्थलमा आइपुगेका थिए। जसले चारवटै मोर्टार शेललाई क्रमवद्ध रूपमा बिस्फोट गरेर निष्क्रिय गरेको हो।
सेनाको टिमले मोर्टर शेल बिस्फोट गरेर निष्क्रिय गर्न अघि क्षेत्रलाई सुरक्षाकर्मीहरूले सिलबन्द गरेको थियो। त्यसपछी एकपछि अर्को गर्दै बिस्फोट गरेर निष्र्किय गरिएको हो। सेनाले बनाएको ठूलो खाडलमा लगाएर बिस्फोट गर्दा समेत समेत बिस्फोटको आवाज डरलाग्दो सुनिएको थियो। जसको कारण त्यस क्षेत्रका मानसिहरू भयभित बन्न पुगेका छन्। 
भारत-बङ्गलादेश सिमान्त क्षेत्रमा प्राप्त भएको शक्तिशाली बिस्फोटकले सम्पूर्ण जाँच एजेन्सिको होश उडाएको छ। उक्त बिस्फोटक कहाँबाट त्यहाँ आएको हो भन्ने बिषयमा सबैले आ-आफ्नो पक्षबाट जाँच गरिरहेको छ भने भारत-बङ्गलादेश सिमान्त क्षेत्रमा सुरक्षा व्यवस्था अझ कठोर गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad